विद्युत् चोरीमा काँग्रेस–एमालेका कर्मचारी नेता नै संलग्न
माघ १४ गते, २०७३ शुक्रवार 27th January, 2017 Fri०७:४८:२५ मा प्रकाशित
काठमाडौं, १४ माघ ।विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ । महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको हो ।
जनआह्वान साप्ताहिकमा खबर छ– वितरण केन्द्रका प्रमुख तथा केही इन्जिनियर समेत त्यसमा संलग्न रहेको पाइएको छ । प्रहरीले सिंगल फेजको लाइन चोरीको मात्रै उजागर गरको हो । डबल र त्रिपल फेजको विद्युत् चोरीका बारेमा पनि सुक्षम अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
त्रिपल फेजको विद्युत् चोरीमा त प्राधिकरणका एक दर्जन बढी इन्जिनियर नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने तयारी गरिएको छ । वितरण शाखाका प्रमुखसँगकै मिलमतोमा विद्युत् चोरी हुने गरेको पाइएको छ । अधिकाशं स्थानमा वितरण केन्द्रका प्रमुख , मिटर रिडर तथा उद्योगी तथा व्यावसायीको मिलोमतामा नै विद्युत् चोरी हुने गरेको अध्ययनबाट फेला परेको छ ।
ऊर्जा मन्त्रालयमा नेकपा (माओवादी केन्द्र)का इमान्दार एवम् स्वच्छ छवी भएका नेता जनार्दन शर्मा मन्त्री बनेर आएपछि प्राधिकरण सुधारको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । प्राधिकरण सुधारका लागि पहिलो शर्त भनेकै आन्तरिक सुधार हो । त्यसका लागि प्राधिकरण भित्रका चोरीमा संलग्न कर्मचारीलाई कारवाही गराउनु वा गर्नु नै पहिलो शर्त हो । प्राधिकरणको सुधार कार्यमा नेपाल प्रहरीले समेत साथ दिएको छ ।
चोर जोगाउन आन्दोलनको नाटक
करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् ।
प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै आज प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो ।
कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए ।
उनीहरुले ऊर्जा मन्त्री शर्मालाई समेत अहिले सरुवा नगर्न भन्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो ।
विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह
नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा९एमाले० निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा (एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् ।
यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।
अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: