Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अन्तर्देशीय अपराधको ट्रान्जिट नेपाल

\"\"काठमाडौं, १७ माघ । नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको प्रहरीको एक अध्ययनले देखाएको छ । गत वर्ष नै तयार भएको एक अध्ययन प्रतिवेदनले अन्तरदेशीय अपराधीहरूले नेपालको भूभाग प्रयोग गरेर छिमेकी तथा युरोपियन मुलुकमा सुन तथा लागूऔषध तस्करी गरिरहेको जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ– नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गत वर्ष तयार गरेको प्रतिवेदनमा लागूऔषध, जाली भारतीय रूपैयाँ र मानव तस्करी तथा सुनका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ । यद्यपि, यसलाई अहिलेसम्म गोप्य राखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह तथा प्रहरी नायब महानिरीक्षक ९डीआईजी० नवराज सिलवाल अपराध अनुसन्धान विभागमा रहँदा सो प्रतिवेदन तयार गरी मातहतका निकायलाई जानकारी गराइएको थियो । सो प्रतिवेदनमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागूऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेको उल्लेख छ । त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागले उल्लेख गरेको छ । प्रतिवेदनमा मलेसिया, दुबई, कतार, साउदी तथा तिब्बतबाट सुन तस्करी भई भारततर्फ जाने र लागूऔषध कारोबारमा ब्राजिल र दक्षिण अफ्रिकासम्मको ‘लिंक’ रहेको उल्लेख छ । पछिल्लोपटक दुबईबाट तस्करीका लागि नेपाल आएको ३३ किलो सुन बरामद भएको थियो । सुन नेपाल आउनुमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्तरदेशीय अपराधीहरूको संलग्नता रहेको जनाएको छ । सो प्रतिवेदनअनुसार यो धन्दामा नेपालमा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, जाम्बिया, ब्राजिल र दक्षिण अफ्रिकाका नागरिकसमेत सक्रिय रहेका छन् । पछिल्लो समय ब्राजिलमा उत्पादित कोकिन भारत हुँदै युरोपको बजारमा लैजान लागूऔषध कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई ट्रान्जिट बनाएको ब्युरोले दाबी गर्दै आएको छ । हाल सीआईबी प्रमुखसमेत रहेका डीआईजी सिलवालले नेपालमा अन्तर्देशीय अपराधीहरूले ट्रान्जिट बनाएर मुलुककै बदनाम गर्न खोजेको बताए । ‘नेपाल प्रहरीको सक्रियताका कारण धेरैजसो अपराधी कानुनी फन्दामा परेका छन्, तस्करी रोक्न प्रहरी सक्रिय छ,’ डीआईजी सिलवालले भने । सीआईबीका अनुसार मध्यपूर्व र दक्षिणपूर्वमा नेपाली नागरिक कामदारका रूपमा जाने क्रमसँगै मानव तस्करीसमेत बढेको छ । विभागको तथ्यांकअनुसार मानव तस्करले स्थल र हवाई मार्ग प्रयोग गरेर मानव तस्करी गर्दै आएका छन् । उनीहरूले स्थल मार्गमा रक्सौल, गौरीफन्टा, बनवासा, रूपैडिया, सुनौली, जोगबनी, काँकडभिट्टा, पशुपतिनगर, भन्टाबारी नाका प्रयोग गर्दै आएका छन् । त्यहाँबाट पटना, दिल्ली, पुना, मुम्बई, कोलकाता, पन्जाब, देहरादुनलगायत भारतीय भूमिबाट मध्यपूर्व र दक्षिणपूर्वीय देशमा पठाइने गरेको प्रहरीले जनाएको छ । सीआईबीले मानव बेचबिखन गर्ने सक्रिय गिरोहलाई यसअघि पक्राउ गरिसकेको छ । सीआईबीका अनुसार दलालहरूले महिलालाई भारतीय विमानस्थलबाट दुबई, कतार तथा श्रीलंका लैजाने गरेका छन् । पछिल्लोपटक भूकम्पपीडित महिला तथा बालबालिका पनि यसबाट पीडित बनेको प्रहरीले दाबी गर्दै आएको छ । नेपालको विमानस्थलमा कडाइ भए पनि तस्करहरूले भारतीय विमानस्थल लखनउ र दिल्लीलाई समेत प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ । महिलालाई विदेश पठाउँदा कमिसनसमेत प्राप्त हुने भएकाले प्रहरी र अध्यागमनका कर्मचारीसमेतको मिलेमतो रहने प्रहरी स्रोतले दाबी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy