१८ वर्ष पुरानो हत्याका अभियुक्त साउदी अरबबाट झिकाइँदै
माघ १८ गते, २०७३ मगलवार 31st January, 2017 Tue०६:५४:१६ मा प्रकाशित
काठमाडौं, १८ माघ ।घटना निकै पुरानो हो । अपत्यारिलो र विभत्स भए पनि कास्कीको सिद्ध गाविसका बुढापाका धेरैको विस्मृतिमा पुगिसक्यो यो घटना । सिद्ध गाविस ७ घर भएका जीवनबहादुर अधिकारी घटनाका मुख्य अभियुक्त थिए । नेपाली सेनाका एक अवकाशप्राप्त जवानले झन्डै १८ वर्ष अघि २०५५ कात्तिक १ गते धारिलो हतियार प्रयोग गरेर सिद्ध गाविस–७ का शविराज थापाको हत्या गरेका थिए ।
आजको कान्तिपुरमा खबर छ–हत्यापछि फरार अभियुक्त जीवनबहादुर अधिकारीलाई घटनाको १८ वर्षपछि नेपाल प्रहरीले साउदी अरबबाट पक्रेर ल्याउने अन्तिम तयारी थालेपछि उक्त घटना पुनस् चर्चामा आएको छ ।
सिद्ध गाविसको बागेश्वरी आधारभुत विद्यालयका शिक्षक रामराज छिमाल १८ वर्ष पुरानो उक्त घटना अहिले पनि सम्झिन्छन् । छिमालले उक्त दिन सम्झिँदै भने, ‘घटना लगत्तै सिंगो गाउँ महिनौंसम्म त्रसित बनेको थियो । रात नपर्दै गाउँलेहरु घरभीत्र पस्थे ।’
छिमालका अनुसार मृतक थापा र अधिकारी पुराना साथी थिए । उनीहरु अरु बेला पनि सँगै हिँड्थे, खाने–पिउने पनि उनीहरुको सँगै नै हुन्थ्यो । उनले सुने अनुसार घटनाका दिन थापाले कास्की फाईनान्सबाट झण्डै बीस हजार रुपैयाँ झिकेर ल्याएका थिए । सो रात गाविस भवन छेउकै घरमा थापा र अधिकारी मादकपर्दाथ सेवन गरेर बसेका थिए । बिहान रगताम्य अवस्थामा थापाको शव घर छेउमा भेटिएको थियो ।
‘त्यसपछि के के भयो त थाह भएन । तर मान्छेमा वर्षौंसम्म डर भने रहिरह्यो,’ छिमालले त्यो दिन सम्झिँदै भने, ‘त्यो घटनापछि त्यसै सेलायो । मृतककी आमा पनि सारै सोझी थिइन् । उनको पहुँच पनि कही कतै पुगेन । त्यसबारे केही भयो र रु’
घटना लगत्तै फरार रहेको अधिकारीलाई नेपाल प्रहरीले वर्षांैसम्म पक्रन सकेन । हत्या अधिकारीले नै गरेको निष्कर्षमा प्रहरी पुगेपनि पक्राउ गर्न नसकेपछि मृतकका परिवारको छोरोको हत्यारालाई कारवाही हुने आश पनि हरायो ।
हत्याको उक्त घटनामाथी केन्द्रिय अनुसन्धान ब्युरोको आँखा पर्यो । ब्युरोको अनुसन्धानले अभियुक्त अधिकारी भागेर साउदी अरब पुगेको पत्ता लगायो । त्यसलगत्तै ब्युरोले अधिकारीको नाम अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को रेड कर्नर नोटिसमा राख्नका निम्ती नेपाल प्रहरीको इन्टरपोल इकाइमा अनुरोध गरेको थियो । १२ जेठ २०७३ मा नेपाल प्रहरीले अधिकारीको नाम रेड कर्नर नोटिसमा राख्न इन्टरपोल हेडक्वार्टरमा अनुरोध गरेको थियो भने २४ जेठमा इन्टरपोलले अधिकारीको नाम रेड कर्नर नोटिसमा राखेको थियो ।
सुपुर्दगी सन्धी नभएकै कारण साउदी अरबबाट अभियुक्तको हैसियतमा अधिकारीलाई पक्राउ गरेर ल्याउन नेपाल प्रहरीलाई सजिलो थिएन । त्यसका निम्ती नेपाल प्रहरीको इन्टरपोल इकाइले साउदी अरबको इन्टरपोल इकाइसँग साईडलाईन वार्ता समेत गरेको थियो । हत्या अभियोगबारे साउदी इन्टरपोललाई विस्तृतमा जानकारी गराएपछि अधिकारीलाई पक्राउ गरेर डिपोर्ट गर्न तयार भयो ।
साउदी प्रहरीले अधिकारीलाई पक्रिसकेको छ र हवाई एस्कर्टिङ गरेर नेपाल ल्याउने अन्तिम तयारी चलिरहेको छ । नेपाल प्रहरीको इन्टरपोल इकाइ तथा अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माका अनुसार अधिकारीलाई ल्याउनका लागि दुई प्रहरी साउदी अरब जानका लागि तयारी अवस्थामा छन् ।
‘उताबाट खबर आउने बित्तिकै गृहसँग अनुमति लिइनेछ र प्रहरी साउदी अरब जानेछन्,’ शर्माले भने । उनी यो सफलतालाई प्रहरीको अन्तरदेशीय समन्वयको उपलब्धीका रुपमा हेर्नुपर्ने बताउँछन् ।
‘यो प्रकरणले अपराध गरेर भागेको अपराधी विश्वको जुनसुकै कुनाबाट पनि नेपाल प्रहरीले पक्रेर ल्याउन सक्छ भन्ने प्रमाणित गर्दछ,’ उनले भने ।
माघको पहिलो साता मात्रै काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को २३ औं एसिया क्षेत्रीय सम्मेलनमा पनि अन्तरदेशीय समन्वयबारे कुरा चलेको थियो । विभिन्न देशमा रहेको इन्टरपोल इकाइले अपराधी पक्रिन र सम्बन्धित देशमा हस्तान्तरण गर्न सहयोग गर्ने विषयमा सम्मेलनमा बहस भएको थियो ।
यसअघि पनि १९ जेठ २०६९ मा भएको न्यायधिश रणबहादुर बमको हत्या घटनाका सुटर सञ्जय इस्माइली मगरलाई नेपाल प्रहरीले यसै गरी साउदी अरबबाटै पक्रेर ल्याएको थियो । त्यस्तै गैंडा तस्करीका अभियुक्त राजकुमार प्रजालाई भने मलेसियाबाट पक्रेर ल्याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: