Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मशाल जुलुसमा प्रहरी हस्तक्षेप, दर्जनौं स्थानमा झडप, बन्द झन् कडा पार्ने ३० दलको निर्णय

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आह्वानमा मंगलबारदेखि हुने ३ दिने आमहड्तालको प्रचारमा सोमबार साँझ राजधानीसहित देशैभरका जिल्ला सदरमुकामहरुमा मशाल जुलुस सम्पन्न भए । मशाल जुलुसको क्रममा रत्नपार्कबाट सुरु भएको जुलुस बागबजार पुग्दा झडप भएको छ । बागबजारमा प्रहरी–आन्दोलनकारीबीच ढुंगा हानाहान भएपछि प्रहरीले एमाओवादीनिक विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय केही बेर नियन्त्रणमा लियो । बागबजारबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव रन्जित तामाङ, देवेन्द्र पाख्रिन, उमेश थापा, प्रकाश घिमिरे, केशव इटनीलगायत दर्जन विद्यार्थी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ राजधानीका मध्यबानेश्वर, डाँछी, लगनखेल, कालीमाटी, गोंगबु, रत्नपार्क, चाबहिल, कलंकी, बिजुलीबजार लगायतका स्थानबाट सुरु भएका मशाल जुलुस सहरका विभिन्न भाग परिक्रम गरी सम्पन्न भए । मसाल जुलुस सकिएपछि प्रहरीले बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को केन्द्रीय कार्यालयमा हस्तक्षेप गरी भीमा गौतम र द्रोण अर्याललाई सख्त घाइते बनाउनुका साथै ३ जना युवानेताहरुलाई पक्राउ गरेको छ । आन्दोलनकारीले लखेटे प्रहरीलाई... मशाल जुलुसमाथि धरपकड गर्दै एमाओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय कब्जा गरेका प्रहरीहरुलाई बागबजारस्थित कार्यालयबाट विद्यार्थी नेता–कार्यकर्ताहरुले लखेटे । यसैगरी अनेरास्ववियु क्रान्तिकारीका संयोजक रमेश मल्लले एक प्रोस बिज्ञप्ती निकाल्दै बागबजारमा भएको प्हरी दमनको निन्दा गर्नुको साथै गिरफ्तार नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेका छन् । बिज्ञप्तीमा भनिएको छ‘बागवजारबाट हाम्रो संगठनका केन्द्रीय कार्यालयका सदस्य रञ्जीत तामाङ, केन्द्रीय नेताहरु उमेश थापा, देवेन्द्र पाख्रीन तथा नेवाः राज्य समितिका सदस्य प्रकाश घिमिरे र ग्रामीण आर्दश क्याम्पसका नेता केशव इटनी लगायतका साथीहरुलाई गिरप्तार गरिएको छ । उता नेपालगञ्जको शान्तिपुर्ण प्रर्दशनमा हस्तक्षेप गरि संगठनका केन्द्रीय कार्यालयका सदस्य नरेन्द्र न्यौपाने, बाँके जिल्ला अध्यक्ष भिम खरेल लगायतका करिव एक दर्जन साथीहरुलाई सख्त घाईते बनाएको छ ।’ मसाल जुलुस गर्नै नदिने सरकारी तयारीका कारण अधिकांश ठाउँमा झडपसहित मसाल जुलु सम्पन्न भए । तीन दिने आमहड्ताल सशक्त बनाउने ३० दलको निर्णय सोमबार साँझ सिंहदरबारमा बसेको ३० दलीय मोर्चाको बैठकले मंगलबारदेखि सुरु हुने तीनदिने आमहड्तालको कार्यक्रम यथावत राखी प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय लिएको छ । बैठकले हड्तालका हरेक साँझ ५ बजे शीर्ष नेताहरुको बैठक बस्ने र बन्दको समीक्षा गर्ने समेत निर्णय लिएको छ । बैठकले ३ दिने आमहड्ताल सहितको संघर्षका कार्यक्रम प्रभावकारी, व्यवस्थित र मर्यांदित बनाउने निर्णय लिनुका साथै स्थानीयवासीले राखेको ७ सूत्रीय माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै गौरको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ । बैठकमा एमाओवादी अध्यक्ष एवं मोर्चाका संयोजक प्रचण्डले हड्तालसहित बन्दका कार्यक्रम फिर्ता लिन कतिपय बुद्धिजीवी र उद्योगी–व्यवसायीहरुले दबाब दिएको जानकारी गराएको ती नेताले बताए । सत्तापक्षको रवैयाका कारण आफूहरुसँग अन्य उपाय बाँकी नरहेको जानकारी दिइएको प्रचण्डले प्रस्ट्याएका थिए । प्रचण्डसहित बैठकमा धारणा राख्ने सबै नेताहरुले आन्दोलनलाई प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्नेमै जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies