माघ २० गते, २०७३ बिहिवार 2nd February, 2017 Thu०६:४५:४७ मा प्रकाशित
काठमाडौं, २० माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए ।
आजको कान्तिपुरमा खबर छ– ‘स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी भएको छ,’ कार्कीले भने । स्रोतका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्ममा चरणबद्ध गरिसक्ने गरी मिति तोक्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न आयोगलाई पत्र दिन लागिएको हो ।
चैतभित्र स्थानीय निकायको चुनाव सकाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै साउन १९ मा प्रधानमन्त्री बनेका प्रचण्डले ६ महिनापछि बल्ल आएर चुनाव मिति तोक्न लागेका हुन् ।
संविधान संशोधन विधेयक र चुनाव मिति घोषणा गर्न नसकेपछि चौतर्फी आक्रोश खेप्दै आएका प्रधानमन्त्रीले दलहरूको बैठक र सार्वजनिक रूपमै ‘माघ १५ भित्रमा चुनाव मिति तोक्ने’ प्रतिबद्धता जनाए पनि असफल भएका थिए । यसबीचमा उनी प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग आफू र दोस्रो तहका नेतामार्फत छलफलमा रहे पनि मिति तोक्न नसकेको भन्दै आलोचित भइरहेका थिए । तीन दिनअघि बालुवाटारमा बसेको सरकार–मोर्चा बैठकमा उनले मोर्चाका नेताहरूसामु संशोधन विधेयक र त्यसको पूरक प्रस्ताव अघि बढाउन समस्या देखिएको भन्दै अब चुनावको ढोका खोल्नैपर्ने अडान लिएका थिए ।
स्रोतका अनुसार प्रतिपक्षी एमाले पूरक प्रस्तावका लागि तयार भए पनि संशोधन विधेयकमा सहमत नभएका कारण अब प्रचण्ड चुनावमा जाने निर्णयबाट पछि हट्ने छैनन् ।
कांग्रेसका एक मन्त्रीका अनुसार सभापति देउवाले हालसम्म राजनीतिक सहमतिका आधारमा विधेयक पारित हुन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई पछिल्ला दिनमा नौ–नौ महिनाको आलोपालो अवधि सम्झाइरहेका छन् । अहिलेकै अवस्थामा चुनाव मिति घोषणा गर्न हिच्किचाइरहेका प्रचण्डले देउवाकै दबाबमा मिति घोषणा गर्न लागेको उनले बताए । ‘उहाँ (प्रचण्ड) अहिले पनि विधेयक किनारा नलगाई चुनाव नगरौं भन्ने पक्षमै हो, त्यसो गर्दा सरकारको अवधि पनि लम्बिन्छ, माओवादी केन्द्र पनि चुनावका लागि मानसिक रूपमा अझै तयार भइसकेको देखिन्न,’ ती मन्त्रीले भने, ‘तर हाम्रो सभापति र उहाँबीचको भद्र सहमति नै आवधिक खालको भएकाले आज मात्रै ६ महिना पुगिसकेको हुँदा दिनगन्तीको अवस्था आएको हो ।’
प्रतिवाद गर्छौं : मोर्चा
मिति घोषणा गर्ने निर्णय लिनुअघि मन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता वर्षमान पुन र मोर्चाका तर्फबाट सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले राजधानीमा आफ्ना शीर्ष नेताहरूको तर्फबाट गोप्य वार्ता गरेका छन् । शुक्रबार र मंगलबार गरी दुईपल्ट बसेको उक्त बैठकमा देउवानिकट मन्त्री लेखक र दाहालनिकट पुनले प्रतिपक्षी एमाले विधेयक पारित गर्ने पक्षमा पटक्कै नदेखिएको भन्दै संसद्मा आवश्यक दुई तिहाइ नपुग्ने प्रस्टै भएकाले अब संविधानको रक्षाका लागि चुनावमा जान मोर्चा बाधक बन्न नहुने ‘सन्देश पुर्याइदिन’ आग्रह गरेका थिए ।
कर्णका अनुसार उक्त बैठकमा मोर्चाले विधेयक पारित नहुँदासम्म चुनावमा गए आफ्ना मागबाट पछि हटेको संकेत जाने भन्दै माग अस्वीकार गरेका थिए । स्रोतका अनुसार उनले शुक्रबारको बैठकपछि मोर्चा शीर्ष नेताहरूसँग विधेयक र चुनावका कानुनी र प्राविधिक पक्षबारे परामर्शसमेत गरेका थिए ।
मोर्चा नेताहरूभित्र संशोधन विधेयकको ‘कन्टेन्ट’ लाई लिएर केही मतभेद देखिए पनि त्यो पारित नहुन्जेल चुनावमा गए प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले अहिलेकै अवस्थामा चुनाव भए बहिष्कार गर्ने भन्दै चेतावनी दिइसकेको बताए । ‘स्थानीय तहमा जनसंख्याको अनुपात मिलेको छैन, प्रदेशको सिमानामा हाम्रो मूल असहमति हुँदाहँुदै चुनाव घोषणा गर्नुको अर्थ के हुन्छ रु’ ठाकुरले प्रश्न गरे, ‘विधेयक पारित नहुन्जेल चुनाव घोषणा गरे पनि सफल हुँदैन ।’
संघीय समाजवादी फोरमले पनि चुनावको बारेमा अरू मधेसवादी दलभन्दा अझै कडा नीति लिइरहेको छ । सद्भावना पार्टी, रामसपालगायत अरू मधेसवादी दलभित्र भने संविधान संशोधन विधेयक पास वा फेल जे भए पनि टुंगो लगाउनुपर्ने मत बलियो बन्दै गएको छ । ‘विधेयक पेस गर्ने, तर अडाएर राख्ने गर्नुभएन भन्ने हाम्रो कुरा हो, मोर्चाभित्र यसबारे छलफल सुरु भएको छ,’ सद्भावनाका एक उच्च नेताले भने, ‘विधेयक पास भए ठिकै छ, फेल भए पनि मोर्चालाई संसदको निर्णय स्वीकार्न नैतिक दबाब पर्नेछ । अनि चुनावमा जाने हो । अहिलेको गतिरोध अब हट्नै पर्छ ।’ मोर्चाले स्थानीय निकायको भन्दा संसद् वा प्रदेशको चुनाव पहिले चाहिरहेको भन्ने समाचारहरूको भने सबै मधेसवादी दलका नेताहरूले खण्डन गरेका छन् । उनीहरूले पुरानो संविधानअन्तर्गतको तह, संख्या र सिमाना मानेर चुनावमा जाँदा नयाँ संविधानको कार्यान्वयन कसरी हुन्छ भनी प्रश्नसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: