एक वर्षपछि संसदमा आएर नरहरिले भने, ‘राजनीतिमा सक्रिय रहन्छु’
माघ २० गते, २०७३ बिहिवार 2nd February, 2017 Thu०७:४६:२४ मा प्रकाशित
काठमाडौं, २० माघ । २६ माघ ०७२ मा मस्तिष्कघात भएर ढलेका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य एक वर्षपछि राजनीतिमा फर्किएका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको अचानक निधनको खबरले मर्माहत भएका आचार्य कोइरालानिवासमै ढलेका थिए ।
आजको नयाँ पत्रिकामा खबर छ– धेरैलाई उनी स्वस्थ भएर पुनः राजनीतिमा फर्किने हुन् कि होइनन् भन्ने चिन्ता थियो । एक वर्ष लामो उपचारपछि उनी पुनः राजनीतिमा सक्रिय हुन थालेका छन् । बुधबार उनी संसद् बैठकमा पनि सहभागी भए । सहकर्मी सांसदहरूसँग सन्चो–बिसन्चो आदानप्रदान गरे र बा।१३च ६५४४ नम्बरको रातो कार चढेर निवास फर्किए ।
यसअघि १५ माघमा उनी श्रीमती शारदा शर्माका साथ सहिद गंगालाल हृदयरोग केन्द्रको २१औँ वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए । त्यहाँ उनले दश मिनेट लामो लिखित मन्तव्यसमेत दिएका थिए । बुधबार संसद्मा भने उनी स्वकीय सचिव रामचन्द्र घिमिरे र छविमगर आचार्यका साथमा पुगेका थिए । फर्किने क्रममा उनले सञ्चारकर्मीसँग आफ्नो स्वास्थ्यअवस्थाबारे जानकारी दिए । ‘अब बिस्तारै फिर्दै छु, केही दिनयता सक्रिय हुने प्रयास गरिरहेकै छु । सकभर संसद्मा आउने र सक्रिय हुने प्रयास गर्नेछु अब,’ आचार्यले भने ।
वर्ष दिनपछि संसद् बैठकमा सहभागी हुन आचार्य महाराजगञ्ज चुनदेवी गणेशस्थानस्थित निवासबाट साढे २ बजे निस्किएका थिए । उनी संसद् भवनमा तीन बज्न ५ मिनेट बाँकी रहँदा पुगेका थिए । आचार्यलाई संसद् भवनमा काठमाडौं ६ का कांग्रेस सांसद भीमसेनदास प्रधानले माला लगाएर स्वागत गरेका थिए । सांसद राधेश्याम अधिकारीलगायतले पनि खादा लगाइदिए । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि आचार्यलाई स्वागत गरे । संसद् भवनको मूल गेटअगाडिको स्वागतपछि उनी सीधै उपस्थिति पुस्तिकामा हाजिर गरी बैठककक्षमा पुगे । संसद्मा राष्ट्रिय गान बज्दा अरू सांसदसँगै उनी पनि आफ्नो सिटबाट उठे । बैठककक्षमा पनि उनलाई सांसदहरूले स्वास्थ्यअवस्थाबारे जानकारी लिए र खुसी साटासाट गरे ।
दैनिक पुस्तक पढ्छन्
आचार्य अध्ययनमा विशेष रुचि राख्छन् । त्यसैले समकालीन राजनीतिज्ञहरूमा उनलाई अध्ययनशील नेताका रूपमा चिनिन्छ । बिरामी भएर आराम गरिरहेका वेला पनि पुस्तक पढ्ने गरेका छन् कि छैनन् रु संसद् भवन परिसरमा पत्रकारहरूले जिज्ञासा राखे । उनले सहज उत्तर दिए, ‘केही समययता म पुस्तकहरू पनि पढ्न थालेको छु । तर, धेरै समय पढ्न भने पाउँदिनँ, उपचारका क्रममा नै रहनुपर्ने भएकाले धेरै समय भने निकाल्न पाउँदिनँ ।’ आचार्य परिवार गत दसैँ–तिहारमा केरला गएको थियो । त्यसवेला पनि आचार्यले धेरै किताब किनेर पढेको उनका स्वकीय सचिव रामचन्द्र घिमिरेले नयाँ पत्रिकालाई बताए ।
यसरी बित्छ आचार्यको दैनिकी
परिवारका अनुसार आचार्य दैनिक बिहान ५ बजे उठिसक्छन् । त्यसपछि नियमित एक्सरसाइज सुरु हुन्छ । झन्डै दुई घन्टा एक्सरसाइज गरेपछि पौने ८ बजे सामान्य ब्रेकफास्ट लिन्छन् । ८ बजेर ३५ मिनेटमा उनी अकुपे्रसर लिन कालिमाटीमा रहेको डा। हरिमाया प्रधानको निजी क्लिनिक पुग्छन् । बिहान ९ बजेदेखि साढे ११ सम्म त्यहाँ फिजियोथेरापी, अकुपे्रसर गरेर घर फर्किन्छन् । घर फर्केपछि स्नान गरेर खाना लिन्छन् । त्यसपछि केही समय आराम गर्छन् । तीन बजे थप एक्सरसाइजका लागि उनी गंगालाल हृदयरोग केन्द्र पुग्छन् । त्यहाँ डा। शैली केसीसँग फिजियोथेरापी गराउँछन् । ४ बजे घर फर्किपछि सामान्य हिँड्डुल गर्छन् । कोठामा रहँदा किताब पढ्ने, साथीभाइ भेट्ने काममा आफूलाई व्यस्त बनाउँछन् । बेलुकी ९ बजेपछि भने उनी सुत्न जान्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: