Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

देश बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक–कोइराला

\"\"काठमाडौं, २० माघ  । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन् । जी.पी कोइराला फाण्डेशनद्वारा काठमाडौंको कामाद कलेजमा आयोजित साइवर अपराध सम्बन्धी एक दिवसीय सचेतना मुलुक कार्यक्रममा बोल्दै बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहिनताको अन्त भई देश समृद्धितर्फको यात्रा सहज हुने बताइन । ‘देश बलियो बनाउने हो भने अपराध र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उनले भनिन्,‘अपराधी र आतंककारीले युवाहरूलाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ ।’ राष्ट्रभन्दा ठूलो कोही नहुने भन्दै सबैले देशको हितमा केन्द्रित भएर सबै अगाडि बढ्नुपर्ने बताएकी छिन् । देशको हितका लागि कस्तो कानुन चाहिन्छ त्यो बनाउनुपर्छ । अपराध गर्ने र तारोमा पर्नेमा युवाहरू बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताइन् । साइबर अपराधमा बढी युवाहरू प्रभावित पारेकोले त्यसविरुद्ध सबै मिलेर लड्नुपर्ने उनको जोड थियो । उनले आतंकारीहरूले समेत इन्टरनेटको दुरुपयोग गरी युवाहरूलाई आतंककारी गतिविधिमा प्रयोग गरेकोमा सबै गम्भीर बन्नुपर्ने उनले बताइन । जी.पी. कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहेकी कोइरालाले साइबर अपराधविरुद्ध कडा कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिइन् । कानुनको सही उपयोग र प्रहरी प्रशासनलाई प्रभावशाली बनाउन सके अपराध नियन्त्रण सहज हुने बताइन् । कोइरालाले युवा लक्षित कार्यक्रम देशव्यापी बनाउने बताइन् । गिरिजाप्रसाद कोइरालाले सधै युवाहरूबारे चिन्तन गर्नुभएको उल्लेख गर्दै युवालाई सक्षम र देशलाई समृद्ध बनाउनेतर्फ आफू खटिइरहने नेत्री कोइरालाले बताइन । \"\" साइबर अपराधका जानकार एवं प्रहरी नायब उपरीक्षक पशुपति रायले नेपालमा भइरहेका साइबल अपराध र घटनाहरूको व्याख्या गरेका थिए । उनले चालु आर्थिक वर्षमा ६०० उजूरी आएको र गत आर्थिक वर्षमा १७ मुद्या दर्ता गरेको जानकारी गराए । साथै उनले साइबर अपराधसम्बन्धि विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराएका थिए । उनले कसैलाई विश्वास गरेर सामाजिक सञ्चालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव दिए । आफूले राखेको तस्वीर र पोष्टले भविष्यमा करिअरमा नोक्शान पु¥याउनसक्नेतर्फ सचेत रहन उनको आग्रह थियो । अर्काको सामाग्री चोरेर पोष्ट गर्ने गतिविधिले गम्भीर घटना निम्त्याएको जानकारी गराउँदै उनले अभिभावकहरूले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिए । अनलाइनमार्फत् चाइल्ड सेक्स टुरिज्मका संगठित अपराधीहरूले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकोमा सचेत रहन उनको आग्रह थियो । साइबर अपराधमा रोकी, हेरी मात्र बढ्ने सोचलाई मनन गर्न सके अपराधबाट बच्न सकिने उनले बताए । कार्यक्रममा कामाद कलेजका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । जी.पी. कोइराला फाउण्डेशनले युवाहरूलाई लक्षित गरी विकास, अपराध नियन्त्रणम सचेतना, युवा सशक्तिकरणलगायतका विषयमा देशभर कार्यक्रम संचालन गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: