Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अन्तत पछि हट्यो भारत , दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन

\"\"गौशाला, २० माघ । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् । भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला तुरुन्त भत्काउन आदेश दिए । सो कार्यशालामा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले निर्माण गरेको पक्की सडक र नाला तुरुन्त दशगजा क्षेत्रबाट भत्काउन निर्देशन दिए । साथै उनीहरुले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताए । महोत्तरीका प्रजिअ, वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले भारत विहारको मधुवनी जिल्लाको जयनगरमा भारतीय पक्षसँग विशेष बैठक बसी सोही बैठकद्वारा भारतीय पक्षले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको प्रजिअ, वीरेन्द्र यादवले बताए । गत बिहीबार भारतीय पक्षले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रमा भारतको मधवापुर सहरतिरबाट ७ दशमलव ३१ मिटर दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेकामा महोत्तरीका प्रजिअसहित सुरक्षा निकायले स्थलगत निरीक्षण गरी भारतीय पक्षसँग कुराकानी गर्दै आएका थिए । । सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले यसबारे गम्भीर हुँदै सो पक्की सडक र नाला भत्काउन निर्देशन दिन लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: