Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

गाउँ पसेपछि माओवादी केन्द्रप्रति जनता आकर्षित

\"\"सुर्खेत, २५ माघ । यही माघ २२ गते नेकपा (माओवादी केन्द्र) को साविकको मटेला गाविसमा सम्मेलन भयो । चिङगाड गाउँपालिका अन्तर्गत ३ र ४ वडाको संयुक्त सम्मेलनमा माओवादी केन्द्रका प्रदेश नं. ६ का संयोजक मायाप्रसाद शर्मा प्रमुख अतिथिका रुपमा पुगेका थिए । उनी झण्डै १४ वर्ष पछि मात्रै त्यहाँ पुगेका हुन । उनी वि।स। २०५९ साल पछि मटेलामा पुगेका थिएनन् । संयोजक शर्माले १४ वर्ष अघी भेटेका स्थानीयसंग भेटे । कतिले त विर्सिएका रैछन । कतिले सम्झिएका । उनै पहिले गाउँमा देखेका नेतालाई पुनः गाउँमा पाएपछि त्यहाँका स्थानीय खुसी देखिए । ‘‘यसरी गाउँमा नेता आएपो हुन्छ,’ धेरैले खासखुस गर्दै भने–‘‘नेताहरु गाउँ मै आउन थाले, अब त गाउँमा पनि लाग्नुपर्छ, किन माओवादी छोड्ने होर ?’’ सोही दिन भएको संयुक्त वडा सम्मेलनमा नेता आउने भनेर प्रचार भएपछि स्थानीय माओवादी कार्यकर्ताहरुले बाजागाजासहित नेतालाई गाउँमा स्वागत गरेका थिए । साविकको मटेला गाविसका वडावडाबाट माओवादीको चुनाव चिन्ह सहितका झण्डासहित कार्यकर्ताहरु नारा घन्काउदै ठाँटि बजार झरेका थिए । उही पुरानो जनयुद्धको झझल्को दिने गरी खुला ठाउँमा क्रान्तिकारी गीतहरुसहित सम्मेलनको उद्घाटन भयो । माओवादी कार्यकर्ताहरु नेताहरुसंगै धित मेटेरै नाचे । कार्यक्रमको मध्येतिर संचालकको हातमा एउटा लिस्ट आयो । संचालकले भने–‘यसबैबीचमा अब पार्टी प्रवेशको कार्यक्रम रहेको छ ।’’ कार्यक्रमका सहभागीले गडगडाहड तालि बजाए । क्रमश विभिन्न वडाबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको नाम बाचन गरियो । संयोजक माया प्रसाद शर्मा र सुर्खेत जिल्लाक संयोजक कृष्ण जिसीले उनीहरुलाई टिका लगाएर माओवादी केन्द्रमा स्वागत गरे । प्रवेश गर्ने धेरै नेपाली काँग्रेस निकट थिए । केही भने एमालेका थिए । पहिलो पटकको प्रवेश कार्यक्रममा मात्रै २० जना प्रवेश गरे । प्रमुख अतिथीको भाषण सुनिसकेपछि पुनः केही स्थानीयले स्वतस्फूर्त रुपमा पार्टी प्रवेशका लागि नाम दिए । उनीहरुलाई पनि नेताहरुले टिका लगाएर स्वागत गरे । सोही दिन पश्चिम सुर्खेतको गुट गाविसमा चौकुने गाउँपालि अन्गर्तका विभिन्न तीन वटा वडाको संयुक्त सम्मेलन सम्पन्न भयो । त्यहाँ ज्लिा इन्चार्ज नरबहादुर विष्ट सहितका नेताहरु खटिएका थिए । त्यहाँ पनि त्यसरी नै चारैतिरबाट माओवादी केन्द्रका झण्डा फहराउँदै कार्यकर्ताहरु बाजागाजा सहित कार्यक्रम स्थल आइपुगे । नेताहरु गाउँपुगेपछि खुसीले गाउँमा स्वागत गरे । त्यहाँ पनि औपचारिक कार्यक्रममै साविकको गुटु गाविसको वडा नं। १ र २ का काँग्रेस र एमालेका थुप्रै कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरे । तर जनताले माओवादी केन्द्रलाई गाउँमा आइरहनु सुझाव दिए । यी ठाउँमा मात्र नभई प्रदेश संयोजक सहभागी भएको पश्चिम सुर्खेतको बड्डीचौर, जिल्ला संयोजक लगायत नेता पुगेको अवलचिङ, इन्चार्ज नरबहादुर विष्ट लगायतका नेताको सहभागिता रहेको घाटगाउँ, ठम्मर विष्ट लगायतका नेता सहभागी भएको पूर्वको काफलकोट लगायतका ठाउँमा पनि माओवादी केन्द्रप्रति पुनः जनता आकर्षि तभएकाछन् । नेताहरु गाउँमा आउन थालेपछि पुनः आफूहरुलाई माओवादीको विश्वास लागेको माओवादी केन्द्रमा प्रवेश गरेका मटेलाका गणेशबहादुर जिसीले बताए । माओवादी केन्द्रका विभिन्ना गाउँपालिका अन्तर्गतका वडा सम्मेलनहरुमा सहभागी भएका प्रदेश नं। ६ का संयोजक मायाप्रसाद शर्माले अब सबै माओवादीहरु माओवादी केन्द्य्र भएको भन्दै माओवादी पुनः नयाँ भएर गाउँमा आएको बताए । केही समय माओवादी रुमलिएको स्वीकार गर्दै उनले जनताका एजेण्डाहरु संविधानमा लेखेर माओवादी केन्द्र त्यसको कार्यान्वयनका लागि गाउँ आएको बताए । उनले यो युग रहुन्जेल माओवादी केन्द्र रहने भन्दै माओवादीको एजेण्डा मै देश संचालन भएकोले माओवादी सकिए जनताका एजेण्डा सकिने बताए । माओवादी केन्द्र सुर्खेतको आगमी फागुन २१ र २२ गते जिल्ला सम्मेलन हुने भएपछि माओवादी केन्द्रले गाउँपालिकाका वडाहरु, गाउँपालिका, नगरपालिका सम्मेलन गर्न थालेको हो । गाउँपालिकाका र नगरपालिकाका वडा सम्मेलन सकिएपछि गाउँपालिकार नगरपालिका सम्मेलन गर्ने माओवादी केन्द्र सुर्खेतले जनाएको छ । तस्बीर : सुर्खेतको मटेलामा भएको संयुक्त वडा सम्मेलन कार्यक्रममा सहभागी कार्यकर्ताहरु । स्रोत : प्रदेश पोष्ट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: