Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भ्रष्टाचार र गुन्डागर्दी हटाउने रावलको उद्घोष

\"\"काठमाडौं, २५ माघ । अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस समितिको आयोजनामा भएको एक कार्यक्रममा अखिल (क्रान्तिकारी) बाट स्ववियुमा अध्यक्ष घोषणा गर्नुभएका केशव रावलले आफूलाई विजयी गराएमा त्रिचन्द्रबाट भ्रष्टाचार र गुन्डागर्दी अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । त्रिचन्द्रमा व्याप्त भ्रष्टाचार र गुन्डागर्दी हटाउन आफ्नो उमेद्वारि रहेको रावलले स्पष्ट पारे । वीर सहिद गंगालालको कलेजमा गंगालाललाई बिर्सिदै गएको आभास भएकोले रावलले त्रिचन्द्र क्याम्पसमा पढ्ने गरिव तथा जेहन्दार विद्यार्थी लाई छात्रवृत्तिको निम्ति गंगालाल मेमोरियल स्कलरसिप फन्डू को समेत घोषणा गरे । पुस्तकालय तथा प्रयोगशालाहरुको यावत् समस्या समाधान गर्दै त्रिचन्द्रलाई नमुना कलेजको रुपमा विकास गर्ने घोषणा समेत गरे । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष क। मदन प्रभातको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रभातले अखिल (क्रान्तिकारी)ले त्रिचन्द्रमा आफ्नो झण्डा फरफराउने पक्का रहेको उद्घोष गरे । उक्त कार्यक्रममा बोल्दै बरिस्ठ साहित्यकार बलराम तिमल्सिनाले क्रान्तिकारी ले जिते मात्रै त्रिचन्द्र क्याम्पसको मुहार फेर्न सक्ने भएकोले केशव रावललाई अध्यक्षमा अत्याधिक बहुमतले बिजयी गराउन बिद्यार्थीलाई आग्रह गरेका थिए । अखिल (क्रान्तिकारी) को आयोजनामा भएको गजल प्रतियोगितामा ४७ जना गजलकारको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बरिस्ठ गजलकार तथा नाटककार पुरु लम्साल , उदयमान गजलकार कमल संघर्षले आफ्नो गजल सुनाएका थिए । गजल प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना लाई क्रमशः ३,००० , २,००० , १,००० र ५०० को साथमा गजलका कितावहरु प्रदान गरिएको थियो ।।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: