Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एमालेका पुराना नेता मोहनचन्द्र राजतन्त्र फर्काउने अभियानमा !

\"\"काठमाडौं, २७ माघ । नेकपा एमालेका पुराना नेता मोहनचन्द्र अधिकारी राजतन्त्र फर्काउने अभियानमा लागेका छन् । उनी पूर्वपञ्च केशरबहादुर विष्टसँगै मिलेर राजतन्त्र फर्काउने अभियानमा लागेका हुन् । पूर्वपञ्च विष्ट पूर्वपञ्चहरुकै पार्टी राप्रपा नेपालबाट कारबाहीमा परेर निश्कासित भएका हुन् । एमाले नेता अधिकारी पुराना कम्युनिष्ट नेता हुन् । उनले झण्डै १७ वर्ष जेल जीवन पनि विताए । तर पछिल्लो समय एमालेको गतिविधिबाट सन्तुष्ट हुन सकेनन् । एमालेबाट असन्तुष्ट भएका पुराना नेता अधिकारी पनि पूर्व कम्युनिष्ट नेता केशरजंग रायमाझीकै पथमा लागेका छन् । पार्टीको गतिविधिबाट सन्तुष्ट भएका अधिकारीलाई भारतीय हिन्दुवादीको पैसा ल्याएर राजतन्त्रको पक्षमा लागेको आरोप यसअघि पनि लाग्ने गरेको थियो । कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपालबाट कारबाहीमा परेपछि विष्टले राजावादी शक्तिहरु सबैलाई एक ठाउँमा ल्याउने छुट्टै अभियान नै चलाएका थिए । तर कमल थापा र पशुपतिशमशेर राणाहरु एक ठाउँमा आउँदा पनि विष्ट एक ठाउँमा अटाउन सकेनन् । पूर्वपञ्चहरुमध्येका पनि कडा पञ्च मानिने विष्टलाई कम्युनिष्ट नेता अधिकारीले मात्र होइन, अमेरिकी कंगे्रेसमा समेत उम्मेदवारी दिएका गैरआवासीय नेपाली दर्शन रौनियारले पनि साथ दिएका छन् । विहीबार काठमाडौंमा एक कार्यक्रम गरी नयाँ राजवादी शक्तिको घोषणा गर्न लागिएको छ । ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ नाम दिएर नयाँ पार्टी घोषणा गर्न लागिएको हो । सेरेमोनिनयल राजतन्त्र, संघीयताको खारेजी र हिन्दू राष्ट्र कायम हुनुपर्ने उनीहरुको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: