Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सहकारी कार्यालय जस्तो छ काभ्रेको मालपोत कार्यलय

धुलिखेल, २७ माघ । जिल्ला मालपोत कार्यलयमा सेवाग्राहीहरुको सजिलै बन्नुपर्ने काम कर्मचारीको कारण ढिला हुने गरेको छ । जिल्लामा मालपोत कार्यलयमा एकै दिन सकिने जग्गा पास लालपुर्जा दिन ढिला गरेर भएपनि अड्काउने र दुई दिन लगाउने गरेका छन । नियमले एकै दिन सकिने काम पनि कहिले फुर्सद छैन भन्दै फेसबुक चलाएर बस्छन, काम सजिलै सगँ गरिदिदैनन् । पैसा दिँदा भने नियमले मिल्ने नमिल्ने हेरिदैन, अचम्मको थिति मालपोतमा छ । घुस नदिई सामान्यदेखि ठूलो काम गर्नका लागि कर्मचारीहरुले काम नगरेर सेवाग्राहीलाई मर्कामा पारेको देखिएको छ । फाईल खोज्न घण्टौं लाग्छ मालपोत कार्यलय धुलिखेलमा आवश्यक कागजातहरु छरपस्ट छन । महत्वपूर्ण कागजातहरु बिना फाईलिङ थुप्रो लगाएर भद्रगोल अवस्थामा राखिएको छ । कागजको थुप्रोमाथि चढेर कर्मचारीहरुले कागज खोजिरहेका हुन्छन् । सेवाग्राहीहरुलाई आफ्नो कागजात भेट्न घण्टौं लाग्छ । सरकारको तलब खाएर बसेको कर्मचारीले कागज खोजेको समेत सेवाग्राहीबाट कम्तिमा एक सय रुपैयाँ लिन्छन् भन्ने गुनासो छ । सरकारी कर्मचारीहरु अफिसबाटै सहकारीमा बचत नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई बैंकबाट तलब दिने गरेको धेरै समय भईसकेको छ । तर धुलिखेल मालपोत कार्यलयमा दिनहुँजसो सहकारीका कर्मचारीहरु पैसा उठाउन मालपोत कार्यलय पुग्छन् । मालपोत कार्यलयका कर्मचारीहरुले सहकारीमा दिनहुँ जस्तो बचत गर्छन । त्यस कार्यलयका अधिकाशं कर्मचारीहरु सहकारीमा नियमित बचत गर्छन् । त्यही पैसा तह लगाउन सहकारीमा बचत गरेका हुन् । महिनामा कति घुस खाइएछ भनेर हिसाब गर्न यो बचत सजिलो भएको होला ।’ सरकारी कर्मचारीलाई दिनहुँ जस्तो बचत गर्न पैसा कहाँबाट आउछ ? सहकारीको कर्मचारीहरु अफिस टाईममा सरकारी कार्यालय पैसा उठाउन छिर्नु कत्तिको जायज हो ? कर्मचारी भन्छन् सिस्टमले काम गर्दैन काम गर्न सजिलो होस् भनेर सरकारले मालपोत कार्यलयहरु अनलाइन प्रणाली र टोकन सिस्टमको व्यवस्था गरेको छ । तर, कुनै पनि कार्यलयमा त्यो सिस्टम चलाउन कर्मचारीहरुले जागर देखाएका छैनन् । अनलाईन प्रणालीले पनि सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको छ । सिस्टमले काम नगरेकको बाहना बनाएर कर्मचारीलाई घुसखोरीका लागि सहज भएको धुलिखेलका लेखापढी व्यावसायी बताउँछन् । ‘नयाँ सफ्टवेयरमा वारेसनामा लेख्न मिल्दैन भनेर झुलाउँछन् कर्मचारीहरु । ‘तर लेखापढीमार्फत घुसदिने हो भने वारेसनामाको काम पनि उत्तिखेरै हुने गरेकोछ ।’ ढिलो खुलेर चाडो बन्द हुन्छ कार्यालय सरकारी कार्यलय विहान १० बजे खुलेर ५ बजे बन्द हुन्छ । जाडोको मौसममा ४ बजे बन्द हुने व्यवस्था गरिएको छ । धुलिखेल मालापोत कार्यलयमा ११ बजेसम्म पनि सेवाग्राहीहरु कर्मचारीहरुको पर्खाइमा हुन्छन । अफिस १० बजे खुले पनि अधिकाशं कर्मचारीहरु ११ बज्दासम्म आईपुगेका हुँदैनन् । जसले गर्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । व्यवस्थापनमा कमजोरी धुलिखेल मालपोत कार्यालयहरुको व्यवस्थापन अत्यन्तै फितलो छ । नयाँ आधुनिक भवन बने पनि सेवाग्राहीहरुलाई बस्ने ठाउँसमेत छैन । सरकारी कार्यलयको भ¥याङ तथा भित्ताहरुमा पान खाएर थुकेको फोहोर छ । कार्यालय अत्यन्त फोहोर पारेर राखिएको छ । धुलिखेलको मालपोत भवन अपांगमैत्री छैन । ह्वीलचियर लाने बाटोको मुखमा मोटरसाईकल पार्किङ गरर राखेको कारणले कोही सेवाग्राहीहरु त्यहाँबाट छिर्न सक्दैनन् । मालपोत कार्यलयले मोटरसाईकल त्यसरी पार्किङ गरेर राख्दासमेत हटाउने कुनै पहल गरेको छैन । लाइन र टोकन सिस्टम सुचारु नगर्दा सेवाग्राहीहरु लेखापढी व्यावसायीलाई पैसा नदिईकन आफै काम गर्न सक्दैनन् । त्यसैले धुलिखेल मालपोत कार्यलयहरु सेवाग्राहीलाई दुख दिने र घुस खाने अखडा बनेका छन् । यो अखडालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले पनि पुष्टि गरेको थियो । ट्रान्सपरेन्सीको अध्ययनमा सबैभन्दा घुस्याहा कर्मचारी मालपोतका हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: