Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यस्तो छ निर्वाचन आयोगको तयारी

\"\" काठमाडौं, २ फागुन । सरकारले आगामी जेठ १० भित्रै निर्वाचन गर्ने गरी निर्वाचनको तयारी गर्नु भनी निर्वाचन आयोगलाई पत्राचार गरेपछि आन्तरिक तयारी थालेको छ । स्थानीय तह कि पुरानै संरचनाको निर्वाचन गर्ने भन्ने पनि टुंगो नलागेको तथा निर्वाचन सम्बन्धि ऐनहरु आयोग समक्ष पुगिनसकेका कारण पनि निर्वाचनको तयारी गर्न समस्या भएको आयोग पदाधिकारीहरु बताउँछन् । निर्वाचन आयोगले अहिले मतदाता नामावलीहरु अद्यावधिक गर्नेबाहेक उल्लेख्य अरु कामहरु भने गरेको छैन । मतदाता नामावली थपघट लगायत अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । शर्माका अनुसार निर्वाचन सामग्री तथा निर्वाचनका लागि आवश्यक जनशक्तिकाबारेमा पनि गणना गर्ने काम भइरहेको छ । निर्वाचन आयोगको तयारी थाल्न सरकारले पत्राचार गरेकै झण्डै एक महिना भए पनि आयोगको वेबसाइट समेत माघ १३ गतेयता अपडेट भएको देखिदैन । यसै वर्षदेखि फागुन ७ मा निर्वाचन दिवस मनाउने सरकारले घोषणा गरेकाले आयोगले वेबसाइटमा दिवसको दिनगन्ती थालेको छ । आयोगका दर्ता भएका ६४ वटा राजनीतिक दलको अद्यावधिक गरिएको छ तर ती पनि कुनै नाम बिनाका दल र कुनै विघटन भइसकेका दलसमेत छन् । पछिल्लो समय राजनीतिक दलहरु विभाजन हुने र एकता हुने प्रक्रिया पनि चलिरहेको छ । आयोगमा दर्ता भएका ती दलहरुको पनि अझै अद्यावधिक गरिएको छैन । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको नामसमेत अझै अद्यावधिक गरिएको छैन । माओवादी केन्द्रको नाम एकीकृत नेकपा माओवादी नै उल्लेख छ । यस्तै, निर्वाचन अयोगमा २०७० जेठ ७ मा दर्ता गरिएका युनिटी लाइफका सञ्चालक विष्णुबहादुर क्षेत्री अध्यक्ष रहेको जनयुनिटी को–अपरेटिभ पार्टी समेत आयोगको सूचिबाट हटाइएको छैन । क्षेत्री ठगी अभियोगमा जेलजीवन विताइरहेका छन् । को–अपरेटिभ पार्टीजस्तै धेरै पार्टीहरुको नाम अझै अद्यावधिक गरिएको छैन । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: