Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुनर्निर्माण प्राधिकरणका सात निर्णय

\"\"काठमाडौं, २ फागुन  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्राधिकरणले दिएको जानकारी अनुसार सात निर्णय यस्तो छ । १) पुनर्निर्माण कोष संचालनका लागी मुख्य सचिवको नेतृत्वमा गर्ने वारे खाका बनाउन उच्चस्तरिय समिति गठन गरि एक हप्ताभित्र सो समितिबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिलाई सुझाव दिने र प्राप्त सुझावको आधारमा कार्यकारी समितिले आवश्यक निर्णय गरी कार्यान्वयनमा ल्याउने । २) लाभग्राहीको सूचीमा समावेश हुन छुट भएको भनि प्राप्त गुनासोकर्ताहरुको सम्बन्धमा पुनः सर्वेक्षण गरि यकिन गर्न निर्देशन दिने र सो कार्यका लागी आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिने । ३) राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट जोखिमयुक्त वस्तीको स्थानान्तरण तथा एकीकृत वस्ती बिकास सम्बन्धमा विभिन्न बिकल्पहरुसहितको प्रतिवेदन तयार भइरहेकोवारे निर्देशक समितिलाई जानकारी गराइएको थियो । ४) सम्पदा तथा धरोहरहरुको पुनर्निर्माण गर्न आवश्यक खरिद विधि सम्बन्धमा परिमार्जन र सुधारको लागी खरिद कार्यविधिको सशोधन प्रस्ताव वा छुट्टै कार्यविधि तयार गरी स्वीकृतिका लागी नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश गर्न निर्देशन दिने । ५) दातृ निकायसंग सम्झौता भएका आयोजना/कार्यक्रम संचालनका गर्न लागि आवश्यक जनशक्तिलाई कार्यकारी समितिले निर्णय गरी आयोजना अवधि भरका लागी अस्थायी दरवन्दीमा राख्न सक्ने व्यवस्थाका लागी नेपाल सरकार मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न सहमति दिने । ६) राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको हाल रहेको १४ जिल्लाको सांगठनिक संरचनामा हेरफेर र १७ जिल्लामा नयाँ सांगठनिक संरचना निर्माणका लागी आवश्यक व्यवस्थासहितको प्रतिवेदन तयार गरी निर्देशक समितिमा पेश गर्न स्वीकृति दिने । ख) हालको स्वीकृत दरवन्दीभित्र रहेर श्रेणी दरवन्दी संख्यामा फरक नपर्ने गरी संगठनको आवश्यकता बमोजिम सेवा/समुह/उपसमूह हेरफेर गर्ने सम्मको अधिकार कार्यकारी समितिलाई प्रदान गर्ने । ७) भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुर्नस्थापनाको कार्यमा खटिएका गाविस सचिवहरुलाई दैनिक खाजा भक्ता उपलव्ध गराउने सम्बन्धमा अर्थ मन्त्रालयसंग समन्वय गरि आवश्यक पहल गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: