नेपालमा भारतको भुमिका जबरजस्ती स्थापित गरिदिने नियत बोकेर हिँडेको एमालेको केन्द्रिय कार्यालयको खर्च भारतीय दुतावासबाट आउने रकमले नै चल्छ भन्दा धेरै कमलाई पत्यार लाग्छ । नेता भारतबाट पालिने र कार्यकर्ताहरु एनजिओबाट पालिने पार्टीले उठाएको राष्ट्रबादको मुद्दा अन्ततः बिसर्जन हुनु नै थियो र हुँदैछ पनि । राष्ट्रिय हितका कुराहरु दलालहरुको चासोको बिषय होइन, जनचासोको बिषय हो ।[caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] संसदिय राजनीतिमा सरकारले संसदमा बिधेयक पेश गर्ने र प्रतिपक्षले त्यसको बिरोध गर्ने सामान्य कुरा हो । तर एमालेले आफ्नो सम्पूर्ण श्रोतको दुरुपयोग गरेर प्रचण्डलाई लम्पसारबादी करार गरिदियो त्यो पनि भ्रमै भ्रममा । संशोधन प्रस्ताव पेश हुँदासम्म एमालेको राष्ट्रबादको आधा ह्याङगओभर सकिएको थियो भने पारित हुँदा एमाले नाङ्गै हुन्छ । संशोधनले बिखण्डन नै निम्त्याउछ भन्ने एमालेको दलील अझै सम्म कायम रहिराखेको हो भने चुनाव गराउने शर्तमा देश बिखण्डन गर्न दिने रु नत्र अहिलेको जात्रा के हो र के थियो भनेर एमालेका नेताहरुले सार्वजनिक रुपमा प्रष्ट पार्नुपर्छ । सामाजिक संजालमा हद भन्दा बढी उफ्रीएका कार्यकर्ताहरुको आजकलका स्ट्याटसहरु हेर्न लायक हुन्छन् । एक अर्कासंग नेतृत्व भन्दा अझ अघि बढेर संशोधनकै बारेमा कुतर्क गरेर दुश्मनी कमाएका एमालेका कार्यकर्ताहरुले जिन्दगीको महत्वपूर्ण समय भ्रम फैलाउनमा ब्यतित भयो भनेर कहिले स्विकार्लान ? लेखको अर्थ माओबाद के हो र प्रचण्ड को हुन भनेर ब्याख्या गर्नु होइन । तर के देखिएको छ भने खोक्रो राष्ट्रबाद बोकेर घरी लैनचौर, घरी महन्थ ठाकुर र घरी प्रचण्डकहाँ आईपुग्ने केपी ओलीले अरुलाई लम्पसार करार गरेर ब्याक्तिको सार्वजनिक हैसियतको क्षती गर्न पाइँदैन । संसदिय ब्यबस्थामा सांसदहरु नै सार्बभौम हुन् । सरकार सन्चालनको लागी सहज हुने कुराहरु बिधेयकका रुपमा संसदमा लगिन्छन, सार्बभौम सांसदहरुले त्यो बिधेयक उचित लागे त्यसको पक्षमा मत हालेर पास गरेर सरकारको कामकारबाहीलाई सहज सन्चालन गर्न मदत गर्दछन भने सो बिधेयक उचित लागेन भने त्यसलाई फेल गराएर सरकारलाई अर्को बिकल्प प्रयोग गर्न बाध्य पार्ने गर्दछन । आम जनमानिसमा गलत मनोभावना फैलाएर बुटवलमा मान्छे जुटाएको एमालेले अब त्यही मास जम्मा गरेर भन्न सक्नुपर्यो की हामी संशोधनको मुद्दामा लचिलो भयौं, तपाइहरुलाई बिनाकाममा यहाँ बोलाएर तमासा गर्नु हाम्रो गल्ती भयो । संशोधनको बिरुद्धमा जलाइएका गाडिहरुको उचित क्षतिपूर्ति दिएर गाडीधनीहरुसंग माफी माग्नुपर्यो । टायर पोलेका सडकहरुमा आज पनि टायरको खरानी भेटिन्छन, गएर त्यो सफा गर्ने हिम्मत गर्न सक्नुपर्यो । नत्र बालकोटमा आफैले थुकेको थुक चाटेर सार्वजनिक गरे देखी जनताले सबै पाप माफ गर्देलान । सरकारमा हुन्जेल राक्षसी प्रवृत्ति, निस्केपछी बाँदरे प्रबृत्ती र फेरि सरकारमा जानेबेलामा कुकुरे प्रवृत्ति एमालेले कहिले बन्द गर्ला रु यो आम जनचासोको बिषय बनेको छ । बिभिन्न जात, क्षेत्र र भुगोलका जनताहरुलाई उत्तेजित गराएका ओलीका छुरा जस्ता टुक्काहरुको काम मुसाले झैँ दाजुभाई बिचको सम्बन्ध काट्नमा मात्र काम लाग्यो । यस्तै कुराहरुको प्रत्युत्पादक बनेर सिके राउत जस्ता मान्छेहरु खडा भएका छन् । सत्ताको वरिपरी घुमिरहने सबैले त्यसको दोष बराबर लिनुपरेता पनि ओली बढी जिम्मेवार छन् । यदि अझै पनि आफुलाई नसच्याउने हो भने बिखण्डनको लागी सिके भन्दा केपी बढी दोषी हुनेछन् । जतिखेर पनि भारतको कुरा गरेर नेपालमा भारतको भुमिका जबरजस्ती स्थापित गरिदिने नियत बोकेर हिँडेको एमालेको केन्द्रिय कार्यालयको खर्च भारतीय दुतावासबाट आउने रकमले नै चल्छ भन्दा धेरै कमलाई पत्यार लाग्छ । नेता भारतबाट पालिने र कार्यकर्ताहरु एनजिओबाट पालिने पार्टीले उठाएको राष्ट्रबादको मुद्दा अन्ततः बिसर्जन हुनु नै थियो र हुँदैछ पनि । राष्ट्रिय हितका कुराहरु दलालहरुको चासोको बिषय होइन, जनचासोको बिषय हो । बरु उल्टो सुनकाण्डमा एमालेको नेतृत्व जोडिनु, बिजुली तस्करीमा जोडिनु एकदमै बिडम्बनाको कुरा हो । इतिहासले आफैलाई सच्याउने मौका एकदम कम दिएको हुन्छ । एमाले जति छिटो भ्रमबाट बिउँझन्छ, उति छिटो देश र जनताको भलाई हुने देखिन्छ ।
प्रतिकृया लेख्नुहोस्: