Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

शशिकला उर्फ कैदी नम्बर ९२३४

\"\" काठमाडौं, ५ फागुन । आम्दानी भन्दा बढी सम्पति आर्जन गरेको मुद्दामा सर्वोच्च अदालतद्वारा दोषी ठहर गरिएपछि बुधबार नै बीके शशिकला जेल गइन् । बेङलोर जेल चलान गरिएकी शशिकलालाई भने दोस्रो कैदीको रुपमा खान दिइएको छ । शशिकलाले अदालतमा पनि आफ्नो घरमै खान खान अपिल गरेकी थिइन् । तर अदालतले उनको अपिल अस्वीकार गर्यो । यतिमात्र होइन, जेलमा राखिएकी शशिकलाको चटाइसमेत सुनको रहेको छ । शशिकलाले विहान उठेर १० मिनेटसम्म योगसमेत गरिन् । त्यसपछि उनलाई ब्रेकफास्टमा स्थानीय ब्यञ्जन पुलियोगरे खुवाइएको थियो । बेङलोरस्थित बेनाहोर सेन्ट्रल जेलमा पुगेपछि शशिकलालाई रजिष्टरमा हस्ताक्षर गरिइयो । त्यसपछि उनलाई कैदी नम्बर ९२३४ मिल्यो । कैदी नम्बर ९२३४ की शशिकलालाई तीन निलो साडी प्रदान गरियो । निलो साडी उक्त जेलमा महिला कैदीको पोशाक हो । उनलाई जेलरले कामको जिम्मा पनि लगाए । उनलाई मैनबत्ती तथा अगरबत्ति बनाउने काम दिइयो । उनलाई दोस्रो कैदीको तरिकाले प्लेट तथा पानी पिउने भाँडा दिइयो । विशिष्ट ब्यक्ति भएका कारण उनलाई २४ घण्टासम्म सुरक्षा प्रदान गरिएको छ । बेलुका ७ बजे शशिकलालाई जेलमै उपलब्ध रोटी, भात, दाल तथा दही सहित डिनर दिइयो । शशिकलालाई सुत्नका लागि चटाई, एक कम्बल र शिरानी दिइएको थियो । शशिकलाले अदालतमा नै जेलमा आफूलाई महिला ब्यारेक बराबर एक स्पेशल महिला सेल माग गरेकी थिइन् । आफू ब्लड सुगरको विरामी भएको भन्दै घरको खाना खान पाउनुपर्ने पनि उनले माग गरिन् । यस्तै, २४ घण्टा तातोपानी, पिउनका लागि २४ घण्टा मिनरल वाटर, मेडिटेशन तथा योगका लागि ठाउँ चाहिने समेत उनले माग गरेकी थिइन् । यसअघि सन् २०१४ मा स्वर्गीय जयललिताको साथ शशिकला जेल गएकी थिइन् । त्यतिबेला उनलाई ७४०३ कैदी नम्बर दिइएको थियो । तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि भावी मुख्यमन्त्रीको रुपमा हेरिएकी शशिकलालाई चार वर्षको जेल सजायँ र दश वर्ष राजनीति गर्न नपाउने फैसलाले राजनीतिक भविष्यसमेत अन्धकार हुन पुगेको छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies