Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एमालेले भन्यो– संशोधानमा लचक छैनौं, मिडियाले भ्रम फैलायो

\"\" काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा आफूहरु लचक नभएको स्पष्ट पारेको छ । बुधबारदेखि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले पोलिटब्यूरो बैठकले संविधान संशोधनमा पार्टी लचिलो भएको भनेर मिडियाले भ्रम फैलाएको स्पष्ट पारेको छ । बैठकले संविधान संशोधनका बारेमा हाम्रो पार्टीलाई जोडेर आइरहेका विभिन्न समाचारहरुको भ्रममा नपर्न र यस सम्बन्धमा पार्टीको पूर्व अडान यथावत रहेको स्पष्ट पारेको बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावप्रति पार्टीका दृष्टिकोण यसअघि नै पटक–पटक सार्वजनिक भइसकेको एमालेले जनाएको छ । प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरित रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरित समेत रहेकोले पारित हुन नसक्ने भन्दै संशोधन फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन एमालेले सरकारसँग पुनः माग गरेको छ । २०७४ बैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने कुरा सुनिश्चित गर्दै अविलम्ब तीनै तहको निर्वाचनको मिति घोषणा गर्न, निर्वाचनका लागि आवश्यक पर्ने कानुनहरु तत्काल निर्माण गर्न, स्थानीय तहको सीमा र सङ्ख्या निर्धारण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्न पनि एमालेले सरकारसँग माग गरेको छ । यस्तै, एमाले पोलिटब्यूरो बैठकले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षाकर्मीहरुलाई हातहतियारहरुसहित आउन छुट दिने, सार्कको भूमिकालाई कमजोर गर्ने र विगतमा छिमेकी मुलुकहरुसँग भएका सम्झौता र सहमतिको कार्यान्वयनमा सरकराले ढिलासुस्ती र बहानाबाजी गरेको भन्दै आलोचना गरेको छ । यसैगरी सरकारबाट स्वतन्त्र न्यायपालिका, सुरक्षा क्षेत्र, पुनर्निर्माण प्राधीकरण लगायत राज्यका विभिन्न अङ्गमा हस्तक्षेप गरेको ठहर गर्दै एमालेले खेद व्यक्त गरेको छ । तराई–मधेसको भविष्यसँग जोडिएको चुरे क्षेत्र उत्खननका लागि छुट दिने गरी सरकारले गर्न लागेको निर्णयको पनि एमालेले आपत्ति जनाएको छ । पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित लिखत र अभिव्यक्तिहरु भ्रामक र गलत भन्दै एमाले बैठकले खण्डन गरेको सचिव भट्टराईले जानकारी दिए । यो पनि पढ्नुस्ः

राधाकृष्ण मैनालीकाे विवादस्पद एउटा आलेख 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: