Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

२४ घण्टा नवित्दै राप्रपामा तोडियो सहमति, लोहनीले अध्यक्षमा उम्मेदवारी दिने

\"\"काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि शुरु हुँदैछ । राजधानीमा हुने महाधिवेशनका लागि देशभरबाट राप्रपाका केन्द्रीय पार्षदहरु काठमाडौं आइसकेका छन् । योसँगै महाधिवेशनमा बोलाइएका भारतीय केहि दलका नेताहरु पनि काठमाडौं आइसकेका छन् भने केहि आउने क्रम जारी रहेको छ । अध्यक्ष पदका लागि फागुन ४ गते राप्रपाका कमल थापा, पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनीले कमल थापालाई अध्यक्ष बनाउने लिखित सहमति गरेका थिए । तर उक्त सहमतिलाई लोहनीले २४ घण्टा नवित्दै तोडेका छन् । पार्टीको विधानलाई असन्तुष्टि जनाउँदै एकलौटी ढंगले चलेको अारोप लगाएका छन् । लोहनीले आफु पनि अध्यक्षमा उम्मेद्वारी दिने विज्ञप्ति मार्फत जानकारी गराएका छन् । महाधिवेशनमा निम्त्याएका भारतीय केहि नेताले रातारात उक्त सहमतिलाई तोडेर लोहनीलाई अगाडी बढ्न सिग्नल दिएको स्रोतले खबरडबलीलार्इ बताएका छन् । सिग्नल पाएपछि लोहनीले आफ्ना कार्यकर्तालाई अध्यक्षमा आफुपनि उठ्ने भन्दै अाफ्नो पक्षमा माहौल सिर्जना गर्न निर्देशन दिएका छन् । राप्रपाको चुनाव चिह्न हलो राख्ने र पदाधिकारीमध्ये आधा निर्वाचित हुनुपर्ने सहमति पालना नभएको भन्दै यो अवस्थामा बुधबार भएको सहमतिको औचित्य नरहेको उनले बताए । ‘राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदाको बखत एकीकृत राप्रपाको चुनाव चिन्ह हलो राख्ने सहमति भएको हो । तर उक्त सहमति हाल कार्यसम्पादन समितिमा पेश भएको नयाँ विधानमा हटाइएको छ ।’ लोहनीले भने, ‘चारजना महामन्त्री र पाँचजना उपाध्यक्षमध्ये दुई–दुईजना निर्वाचित हुने भन्ने थियो, यो सहमति पालना नभएपछि बुधबारको सहमति पालना गर्नुपर्ने औचित्य रहेन ।’ ‘पार्टीको अस्तित्व र पहिचान जोडिएका सहमति उल्लंघन भएको अवस्थामा अरू विषयमा भएको सहमतिको औचित्य नभएको मेरो निष्कर्ष हो, उनले भने, \'देशभरिका साथीहरूको स्वाभाविक सुझाबलाई शिरोपर गरेर म यो निर्णयमा पुगेको हुँ’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: