फाल्गुन ६ गते, २०७३ शुक्रवार 17th February, 2017 Fri१०:३१:५९ मा प्रकाशित
नेपाली समाजभित्रको वामपन्थि राजनीतिमा अहिले सबैभन्दा बढी चर्चामा समाजवादी ब्यवस्था स्थापनाको विषय छ । ०७२ मा जारी नयाँ संविधानको प्रस्तावनाले पनि समाजवादमा जाने छ भन्ने कुरालाई आधार मानेको छ ।
समाजवादको स्थापना कसरी हुन्छ ? यसको उत्पादक शक्ति के हो ? राजनीतिक प्रणाली कस्तो हुन्छ ? विचारधारा के हो ? मानिसका लागि चाहिने भौतिक बस्तुको स्वामित्व कोसँग हुन्छ र पूँजीवादी व्यवस्थालाई विस्थापित नगरी समाजवाद कसरी निर्माण हुन्छ भन्ने कुरालाई उत्तरित नगरी संविधानमा नै समाजवादी व्यवस्थाको परिकल्पना गरिएको छ भन्ने कुराले समाजवादी व्यवस्थालाई कि त बुझेको छैन कि त बुझेर पनि बुच पचाईएको छ ।
[caption id=\"attachment_108878\" align=\"alignleft\" width=\"250\"] शिव फुयाँल[/caption]
सामाजिक व्यवस्थाका बिभिन्न रुपहरु थिए, आदिम साम्यवादी व्यवस्था, सामन्तवादी व्यवस्था, पूँजीवादी व्यवस्था, समाजवादी व्यवस्था र साम्यवादी व्यवस्थामध्ये आदिम साम्यवादी व्यवस्था, सामन्तवादी व्यवस्थाको अन्त्य भएको र पूँजीवादी व्यवस्थालाई चुनौती दिदै समानान्तर ढंगले समाजवादी व्यवस्थाले संघर्ष गर्दै आएको छ । हरेक व्यवस्था फेरिदा युग नै फेरिएको पाउँछौ । प्राकृतिक युगबाट मानव श्रमको युगमा आउँदा दास व्यवस्था आयो । यो दास व्यवस्थाको उतपादक शक्ति दासहरु थिए । दास व्यवस्थाको वैचारिक धारा दर्शन थियो भने राजनीतिक प्रणाली राजतन्त्र थियो । दास युगको अन्त्य पछि सामन्तवादी व्यवस्था आयो । सामान्तवादी व्यवस्थाको मुख्य उत्पादक शक्ति जमिन भयो । सामन्तवादी व्यवस्थाको वैचारिक पक्ष धर्म हुन गयो र राजनीतिक प्रणाली कुलिन तन्त्रवाट चल्न थाल्यो ।
हाम्रो सन्दर्भमा राजतन्त्र ढलेको दश वर्षमात्र भएको छ । सामन्तवादी युगको अन्त्य पछि पूँजीवादी व्यवस्था आएको छ । पूँजीवादी व्यवस्थाको मुल उत्पादक शक्ति पुँजी हो भने वैचारिक धारा अधि भौतिकवाद हो । र राजनीतिक प्रणाली प्रतिनीधिमुलक सहभागिता सहितको हो । पुँजीवादमा भौतिक बस्तुको स्वामित्व व्यक्तिमा हुन्छ । व्यक्ति प्रधान हुने सामाजिक व्यवस्था पूँजीवादी व्यवस्था हो ।
हाम्रो देशको सन्दर्भमा हामी कहाँ छौ ? हाम्रो मुख्य उत्पादक शक्ति के हो ? र हाम्रो राजनीतिक प्रणाली कस्तो स्थितीमा छ भन्ने कुराले नै समाजवादी आन्दोलन कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण गर्छ । हाम्रो देश पूँजीवादी व्यवस्थाको आधारमा हेर्दा राजनीतिक प्रणाली मात्र पूँजीवादी देखिन्छ । उत्पादक शक्ति प्रमुख रुपमा पुँजी भएको छैन । वैचारिक पक्ष धर्म नै मुख्य भएको अवस्थामा हामी छौ । पूँजीवादी व्यवस्थाको प्रतिनीधिमुलक हो, त्यो संसद हुन्छ । यस्तो राजनीतिक प्रणालीका लागि पनि ०७–०६३ सम्म पूँजीवादी क्रान्तिका लागि संघर्ष गर्दा सधै संझौतामा टुङ्गिएको कारणले नेपालमा पूँजीवादी क्रान्तिले पूर्णता पाउन सकेन ।
आज हाम्रो स्थिती कस्तो छ भने पूँजीवादी व्यवस्थाको राजनीतिक प्रणाली संसदीय कुरालाई नै सिङ्गो व्यवस्थाको रुपमा बुझ्ने र समाजवाद निर्माणको लागि संसदीय व्यवस्थाको ठाँउमा समाजवादी व्यवस्था स्थापना गर्ने कुरा गरिन्छ भने अर्कोतिर सम्पुर्ण रुपमा पूँजीवादी व्यवस्थाका प्रणालीहरुलाई संस्थागत गर्दै समाजवादको निर्माण गर्ने कुरा गरिन्छ । यसरी हेर्दा के देखिन्छ भने पूँजीवादी व्यवस्थाको रक्षा र विकास गर्दै समाजवादमा जाने र पूँजीवादी व्यवस्थाको राजनीतिक प्रणाली संसदलाई ध्वस्त पारी समाजवाद ल्याउने कुरा नै गलत हुन्छ । अव हामीले समाजवादी व्यवस्थाको लागि गर्नै पर्ने कामहरु केके हुन्छ भनेर खोज्नु पर्छ । र त्यसैका आधारमा समाजवादी क्रान्तिमा लाग्नु पर्छ । नेपालमा पुँजीवाद आएन र अव पनि पूँजीवाद आउँदैन, त्यसकारणले समाजवादी क्रान्तिका लागि अघि बढ्नु पर्छ ।
समाजवादको स्थापना गर्दा हिजो सामाजिक श्रमलाई नै मुख्य ठानिएको थियो भने आज मुख्य उत्पादक शक्ति विज्ञान प्रविधि छ । बैचारिक पक्ष द्वन्दात्मक भौतिकवाद हुन्छ । राजनैतिक प्रणालीमा प्रत्यक्ष सहभागिता मुलक व्यवस्था र भौतिक बस्तुमा स्वामित्व समुदायमा हुन्छ । समाजवाद भनेको समुदायलाई प्रधान मान्ने सामाजिक व्यवस्था हो ।
पुँजीवादलाई परास्त गर्न समाजवाद स्थापनाको लागि पूँजीवादको मुख्य उत्पादक शक्ति पूँजीको ठाँउमा विज्ञान प्रविधी, मुख्य उत्पादक शक्ति विचारधारा अधिभुतवादको ठाँउमा द्वन्दात्मक भौतिकवाद, राजनैतिक प्रणालीमा प्रतिनीधि मुलक व्यवस्थाको ठाँउमा प्रत्यक्ष सहभागितामुलक व्यवस्था, नीजि स्वामित्वको ठाँउमा सामुदायिक स्वामित्वलाई आधार मानेर नेपालको आजको अवस्थाकुन ठाँउमा छ र कस्तो छ भनि समाजवादी क्रान्ति गर्दा पूँजीवादी सत्ताको विरुद्ध समानान्तर सत्ताको रुपमा समाजवादी व्यवस्थाको लागि क्रान्ति गर्नु पर्छ ।
एउटा सामाजिक व्यवस्थावाट अर्को सामाजिक व्यवस्थामा समाज फेरिदा उत्पादक शक्ति, विचारधारा, राजनैतिक प्रणाली र स्वामित्व सवै फेरिन्छ । पूँजीवादको राजनीतिक प्रणाली र संसदीय व्यवस्थालाई मात्र केन्द्रित गरेर पूँजीवादी व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्था ल्याउने भन्ने सैदान्तिक निश्कर्ष हो भने यो निश्कर्षले पूँजीवादलाई नोक्सान होईन फाइदा मात्र गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: