जसले स्ववियु जित्यो उ आफू मात्र दुसित भएन क्याम्पस र विश्वविद्यालय नै प्रदुषित बनायो । मुढे बलले चुनाव त जिते तर विद्यार्थीले हार्न थाले । क्याम्पसमा सदाचार होइन भ्रष्टाचार बढी हुन थाल्यो । विद्यार्थी नेता विद्यार्थीका लागि होइन, डन र चुल्ठेहरुका प्रिय हुन थाले ।तत्कालीन शासकहरुले विद्यार्थीलाई अलिक कम दमन गर्ने भएकोले विभिन्न विचार र दलको आधारमा विद्यार्थीहरु क्याम्पसहरुमा सक्रिय रहे । फलस्वरूप स्ववियुले वैधानिकता त पायो नै पञ्चायत बिरुद्धको आन्दोलनमा, बहुदलीय ब्यवस्थाको पक्षमा, जनयुद्धमा र गणतान्त्रिक आन्दोलनमा विद्यार्थीहरु सक्रिय सहभागी मात्रै भएनन् ज्यानको आहुती दिन पनि पछि परेनन् । विभिन्न विचार र संघसंगठनमा आबद्ध विद्यार्थीहरु अहिले पनि क्याम्पसहरुमा विद्यमान छन् । तर अहिले परिवेश फेरिएको छ । स्ववियु हुनुहुन्न भन्ने आवाज पनि उतिकै प्रखर छ । यस्तो हुनुमा मुख्य दोषी राजनीतिक आडमा पुराना विचार र पुरानै सिद्धान्तमा आधारित पुराना संघ संगठन हुन् । जसले स्ववियु जित्यो उ आफू मात्र दुसित भएन क्याम्पस र विश्वविद्यालय नै प्रदुषित बनायो । मुढे बलले चुनाव त जिते तर विद्यार्थीले हार्न थाले । क्याम्पसमा सदाचार होइन भ्रष्टाचार बढी हुन थाल्यो । विद्यार्थी नेता विद्यार्थीका लागि होइन, डन र चुल्ठेहरुका प्रिय हुन थाले । स्ववियुका सभापति त अब ठेक्का पट्टि पो लागे । महँगी र कालाबजारीबिरुद्ध संगठित आवाज दलका नेता र तिनका हनुमान हुन थाले । त्यसैले स्ववियु बदनाम भयो । विद्यार्थी नेताहरू शङ्कास्पद भए । विद्यार्थी नेताले पनि पढ्छन् र भन्ने भयो । यस्ता विकृतिलाई अबको स्ववियुले हटाउनु पर्छ । फ्रेस विद्यार्थीले आफ्नै सहपाठीलाई चुन्नु पर्छ । चुनाव भन्ने वित्तिकै पक्ष र विपक्षमा हुन्छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भनिए पनि सारमा विभिन्न विचार र आस्थासँग आवद्ध संघसंगठनबीचमा चुनाव हुँदैछ । देशमा आबद्ध ठुला दल निकट संघसंगठनले क्याम्पसमा आफ्नो बर्चस्वको लागि तयारी गर्दैछन् । यो तयारीले विद्यार्थीमा साच्चै उत्सुकता जागेको छ । प्राज्ञिक विद्यार्थी कसलाई चुन्ने भन्नेमा सचेत छन् । राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने पार्टी निकट विद्यार्थी प्रतिनिधिलाई सच्चा विद्यार्थीले नचिन्ने कुरै हुदैन । महाकाली बेच्न ल्याप्चे लगाउने हातले दिएको राष्ट्रिय झन्डा कलेजहरुमा गाड्दैमा कोही राष्ट्रवादी हुँदैनन् भन्ने पनि विद्यार्थीलाई थाह नै छ । उखान र टुक्काले जनतालाई मनोरञ्जन दिएर तिनै जनतालाई अध्यारोमा राखी बिजुली चोरको कारखाना पठाउन विद्यार्थी सजिलै तयार छैनन् । बीपीको फोटो झुन्डयाएर टनकपुर भारतलाई सुम्पने नर्सरीमा पठाउन विद्यार्थी अनिच्छुक छन् । विकास विरोधी,संक्रमण र विकृतिको पर्याय बनेको संसदीय ब्यवस्थाका पुजारीहरुको प्रतिनिधि हराउन यसपालिको विद्यार्थी आतुर छन् । अरुलाई अर्ति दिने आफू चाहिँ सिन्को नभाच्ने भ्रष्टहरु उत्पादन गर्ने पार्टीका विद्यार्थी प्रतिनिधिलाई इमान्दार विद्यार्थीले मार्क गरेका छन् । सारमा राष्ट्रवादको भेषमा र प्रजातन्त्रको खोलना क्याम्पस छिरेर विद्यार्थी भविस्य अन्योल बनाउनेहरुलाई प्राज्ञिक विद्यार्थीहरुले आफ्नो हैसियत देखाइदिनुपर्छ । स्वच्छ स्ववियुको लागि आफ्नै सहपाठीलाई जिताउनुपर्छ। परिवर्तन र प्रगतिशील विद्यार्थीहरुको साझा थलो बनाउने अबसरलाई सम्पुर्ण न्यायप्रेमी विद्यार्थीले उपयोग गर्नुपर्छ । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सदस्य
प्रतिकृया लेख्नुहोस्: