Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कागजमा फर्जी विद्यार्थी देखाएर वर्षौदेखि विद्यालय सञ्चालन

काभ्रे, ९ फागुन । जिल्ला शिक्षा कार्यालय काभ्रेले दरबन्दी मिलानको रटान जति गरेपनि अन्तः परिमाण शून्य भएको छ । गलत बिद्यार्थी विवरण पेश गर्ने कार्य पनि विद्यालयले गर्न छाडेका छैनन । जिल्लाको कर्णाली भनेर चिनीने डाडापारी क्षेत्र र कोशीपारी क्षेत्रका विद्यालयहरुमा कार्यलयले कहिले दरबन्दी मिलान गर्ला र बिद्यालय संञ्चालन गर्न सहज होला भन्ने सोचमा छन् । यता शहरी क्षेत्रमा कागजमा फर्जी विद्यार्थी संख्या देखाएर अधिकांश सामुदायिक विद्यालयहरूले विद्यालय सञ्चालन गर्दै आएका छन् । कक्षामा विद्यार्थी संख्या शून्य भए पनि विद्यालय र शिक्षा कार्यलयको तथ्यांमा फर्जी विद्यार्थी संख्या उल्लेख गर्दै वर्षौदेखि राजनीतिक आडमा विद्यालय सञ्चालन हुदै आएका छन् । प्रधानाध्यापक, स्रोत व्यक्ति र विद्यालय निरीक्षकको त्रिपक्षीय मिलेमतोमा विद्यालयमा भएका विद्यार्थीभन्दा धेरै संख्या देखाई आर्थिक अनियमितता गर्दै आएका छन् । फर्जी विद्यार्थी संख्या देखाउने विद्यालयहरूको अवस्थाबारे जानकारी जिल्ला शिक्षा कार्यालयले पटकपटक अनुगमन गरे पनि कारबाही गर्न सकेको छैन । ‘अवस्थाबारे जानकार त छौं तर कारबाही गर्न सकेका छैनौं’, जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले भने, ‘विभिन्न राजनीतिक दलको दबाब र शिक्षक संगठनका कारण दरबन्दी मिलान तथा विद्यालय र शिक्षकको व्यवस्थापन गर्न सकेका छैनौं ।’ दरबन्दी मिलानमा आफ्नो पार्टीका शिक्षकलाई सुगममा मात्र राख्ने तर दुर्गममा पठाउन नमान्ने प्रवृत्तिले शिक्षक दरबन्दी मिलान हुन नसकेको शिक्षा अधिकारी डा. गुरुङको गुनासो छ । शिक्षा कार्यालय काभ्रेको मातहतमा २६ वटा स्रोत केन्द्रबाट विद्यालयको अनुगमन र निरीक्षण र व्यवस्थापनका लागि २६ विद्यालय निरीक्षक कर्मचारी काम गर्दै आएका छन् । तर अधिकांश विद्यालयले फर्जी विद्यार्थी संख्या शिक्षा कार्यालयमा पेस गर्ने गरेका छन् । विद्यालयमा दरबन्दी मिलान गर्न खोज्दा शिक्षक नेताहरूले अवरोध गर्ने गरेको कर्मचारीको गुनासो छ । ‘काभ्रेका अधिकांश शिक्षकले राजनीतिक पार्टीको जिम्मेवार पद धारण गरेका छन् । शिक्षा कार्यालय धुलिखेलका एक कर्मचारीले भने, ‘पावर र पहुँच भयो भने विद्यार्थी नभए पनि सुगमका विद्यालयमा शिक्षक नियुक्तिसँगै सरुवा पनि हुने गर्छ ।’ शिक्षाका लागि भन्दै जिल्ला शिक्षा कार्यालयमा आएको १ अर्ब २४ करोड ४७ लाख ८ हजार रुपैयाँको ७० प्रतिशत रकम कर्मचारी र शिक्षकको तलबमा खर्च हुने गरेको छ । प्रावि तहमा २ हजार ८८ शिक्षकका लागि ५८ करोड ३९ लाख ३४ हजार, माविका ४ सय ५३ शिक्षकका लागि ३२ करोड ४ लाख ९५ हजार, विभिन्न शैक्षिक कार्यक्रका लागि ३९ करोड २ लाख ८४ हजार, अन्यमा ७ करोड ५८ लाख ३ हजार रुपैयाँ खर्च हुने गरेको छ । जिल्लामा ६ सय ८ सामुदायिक विद्यालयमा ६९ हजार २७ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यलय काभ्रेले प्रतिविद्यार्थी २० हजार ६० रुपैयाँ लगानी गर्ने गरेको छ । तर विद्यार्थी संख्या नभएका विद्यालयमा फर्जी विद्यार्थीका संख्या देखाएर पाठ्य सामग्री, पोसाक र अन्य शीर्षकमा रकम दुरुपयोग हुने गरेको छ । शिक्षा नियमावली २०५९ को ९१ अनुसार प्रत्येक विद्यालयमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहे पनि जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार शिक्षक नेताहरू काम गर्ने विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक र कक्षामा भन्दा तथ्यांकमा बढी विद्यार्थी संख्या हुने गरेको छ । सहरमा भएका विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने गरेका छ । पाँचजना शिक्षक १५ जना विद्यार्थी जिल्लाका दुर्गम क्षेत्रका समुदायिक विद्यालयमा शिक्षक नभएर पढाइबाट विद्यार्थी वञ्चित भइरहेको अवस्थमा काभे्रको एक सरकारी विद्यालयमा भने वर्षौदेखि पाँचजना शिक्षकले पाँचजना विद्यार्थी पढाउँदै आएका छन् । कागजमा विद्यार्थी संख्या मिलाई विद्यालय सञ्चालन गर्दै आएको रविओपी –९चण्डेश्वरी बाल सदन आधारभुत विद्यालयमा कक्षा १ देखी ५ कक्षासम्ममा १५ जना विद्यार्थीका लागि पाँचजना शिक्षक छन् । विद्यालयको हाजिर कापीमा कक्षा १ देखी ५ सम्म १९ जना भर्नाको देखिन्छ । कक्षा १ कक्षा ५ सम्म सञ्चालन गर्ने अनुगमति लिएको भए पनि सोही विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकाले विद्यालय समायोजन गर्ने तयारी गरिरहेको शिक्षा कार्यालयका शाखा अधिकृत गोविन्द सेढाईले जानकारी दिए । देशका विभिन्न जिल्लामा शिक्षक अभावले पठनपाठन नै अवरुद्ध हुँदै आइरहेको छ । कतिपय विद्यालयमा एउटै शिक्षकले प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म पढाउँदै आएका छन् । तर, काभ्रेको एउटा विद्यालयमा पाँच विद्यार्थीका लागि पाँचैजना शिक्षक छन् । शिक्षा कार्यालयले विद्यार्थी संख्या एकिन नगरी दुर्गममा भन्दा सुगममा शिक्षक दरबन्दी प्रदान गरेपछि यस्तो अवस्था आएको हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा भन्दा सदरमुकामनजिक रहेको विद्यालयमा विद्यार्थी संख्या न्यून छ । जिल्लाभरका पाँच सय ९९ प्राथमिक विद्यालयमा ३४ हजार चार सय ८० विद्यार्थी अध्ययनरत छन् । यी विद्यालयमा दुई हजार ८८ शिक्षक कार्यरत छन् । यसमध्ये ३२ वटा विद्यालयमा विद्यार्थी संख्या शून्य छ भने दुईदेखि १० जना विद्यार्थी संख्या रहेको विद्यालय ३२ वटा छन् । यस्तै २० जनाभन्दा कम विद्यार्थी संख्या रहेका विद्यालय ६५ वटा छन् भने २१ देखि ५० जना विद्यार्थी भएका विद्यालय ७० वटा छन् । जिल्लामा दुई सय ४१ वटा निम्नमाध्यमिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमा २१ हजार चार सय ८० विद्यार्थी अध्ययनरत रहेका छन् । निम्नमाध्यमिक तहमा पाँच सय ७६ शिक्षक कार्यरत रहेको शिक्षा कार्यालयले जनाएको छ । निम्नमाध्यमिक तहमा पनि विद्यार्थी नै नभएका तीनवटा विद्यालय छन् । साथै २० भन्दा कम विद्यार्थी रहेका ४० र ४० भन्दा कम विद्यार्थी रहेका पनि ४० वटै विद्यालय छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा एक सय ४२ वटा माध्यमिक विद्यालय छन् । यी विद्यालयमा १३ हजार ६७ विद्यार्थी अध्ययनरत रहेका छन् भने चार सय ५३ शिक्षक कार्यरत छन् । माध्यमिक तहमा पनि ४० भन्दा कम विद्यार्थी पाँचवटा विद्यालयमा छन् भने ५० भन्दा कम विद्यार्थी रहेका १० वटा विद्यालय छन् । कांग्रेस निकट संगठन शिक्षक संघ काभ्रेका अध्यक्ष अश्विन चौलागाईं कार्यरत सदरमुकाम धुलिखेलस्थित सेतीदेवी प्राविमा १४ जना विद्यार्थी छन् । उक्त विद्यालयमा २० विद्यार्थी देखाएर चारजना शिक्षक कार्यरत छन् । यस्तै एमालेनिकट शिक्षक संगठनका जिल्ला अध्यक्ष श्याम पाण्डे चण्डेश्वरी उमाविमा कार्यरत छन् । उनी मावि तहका शिक्षक हुन् । उनी कार्यरत विद्यालयमा ६५ विद्यार्थी देखाएर आठजनाको दरबन्दी रहेको छ । यस्तै एमाओवादीनिकटका संगठन अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष दुर्गा्सिंह तामाङ कार्यरत ग्रामोदय निमाविमा ६९ जना विद्यार्थी छन् तर शिक्षक दरबन्दी भने सातजनाको छ भने एक जना करारमा छन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: