Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

निर्धारित समयमै मेलम्चीको पानी आउँछ– मन्त्री सिंह

\"\"काठमाडौँ, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । “आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य छ”, सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा मंगलबार आयोजित ‘काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा मेलम्ची खानेपानी आयोजना’ विषयको अन्तक्र्रियामा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले भने । पाइपलाइन विस्तारका क्रममा राजधानीका सडकमा धुलोको समस्या न्यूनीकरण गर्ने काम भइरहेको जनाइएको छ । पाइप बिछ्याउन खनिएका सडक पुनःनिर्माणका लागि यसअघि नै सडक विभागलाई रु ८४ करोड र नगरपालिकालाई रु एक करोड निकासा भइसकेको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई घनश्याम भट्टराई उपत्यकामा खानेपानीको माग सम्बोधन गर्न मेलम्ची–२ आयोजनाको काम पनि अघि बढेको बताउँछन् । काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकामा सुख्खायाममा पानीको सहज आपूर्ति गर्न तत्काल ट्यांकरबाट समेत व्यवस्थित रुपमा पानी वितरण गरिने जानकारी दिए । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख दिनेशप्रसाद खत्रीका अनुसार आगामी वर्षा यामअघि नै उपत्यकामा खानेपानी वितरण सञ्जाल निर्माण गर्न दिनरात गरेर द्रुत गतिमा पाइप बिछ्याउने र पानी पोखरी निर्माण भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: