Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

छ जनाको हत्या गर्ने ‘सिरियल किलर’लाई सर्वस्वसहित ३५ वर्षको कैद

भक्तपुर,  नौ वर्षयता छजनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा बस्ने वर्ष ३३ का सिंहले २०६९ साउन ७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ गठ्ठाघर बस्ने बुद्ध भन्ने जगत्सिंह तामाङलाई अपहरण गरी साउन १० गते हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएको हो ।

सिंहले अपह्ररित तामाङलाई भारत उत्तरप्रदेश फैजावाद पुर्याएर हल्दीमा ट्राइट २५ एमजी मिसाएर खुवाई बेहोस बनाई १० एमजीको स्टगन सूई पाँचपटक दिई हत्या गरी सडकबाट फालेर नेपाल आएको स्वीकारेको अदालतले जनाएको छ । अदालतका न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले हिजो साँझ गरेको फैसलामा तामाङको अपहरण गरेकामा १५ वर्ष जेल र रु एक लाख जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले आज राससलाई जानकारी दिए । तामाङकै हत्यासम्बन्धी ज्यान मुद्दामा सर्र्वस्वसहित जन्मकैद र तामाङको परिवारलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने पनि फैसला गरेको उहाँले बताए । त्यसैगरी सिंहले २०७० साल असोज ९ गते काठमाडौँ महानगरपालिका–३५ का लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेको ३२ वर्षीय नीरजजङ्ग पाण्डेलाई धनुषा बेंगाडावर–८ लालगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक पुर्याएर हत्या गरेका थिए । सिंहले जग्गाको कमिसन विवादमा काठमाडौँ इचँगुनारायण–२ का निरप भन्ने नरबहादुर गोतामेलाई २०६७ साल साउन ११ गते सुर्खेतको आशीर्वाद होटलमा लगेर ५ वटा डाइजिपाम र ४ नाइट्रोभेट इन्जेक्सन दिएर बेहोस बनाई हत्या गरेका थिए । त्यस्तै उनले २०६९ साल कात्तिक १३ गते काभ्रे शङ्खु पाटीचौर–४ घर भई कोटेश्वर बस्ने सार्कीमान तामाङको पनि हत्या गरेका थिए । अभिषेककै घरमा खाना पकाउने तामाङबाट आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशङ्कामा सिंहले सुन्धारास्थित न्यु आकाश गेस्टहाउसको १०२ नम्बर कोठामा लगेर रक्सी खुवाई बेहोस बनाएर हत्या गरेका थिए । सिंहले हत्या गरेका चार जनाको पहिचान भए पनि अन्य दुई जना भने पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies