Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

किन भाग्दैछन् स्थानीय चुनावदेखि बाबुराम ?

\"\"काठमाडौं, १२ फागुन । देश लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको भन्दै सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव स्थगित गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले माग गरेको छ । नयाँ शक्तिले शक्तिले उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालसँग मिलेर राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधानका त्रुटीहरुलाई सच्याउने र मुद्दाहरुलाई सम्बोधन गरी संविधान संशोधन र परिमार्जनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाएर मात्रै स्थानीय तहको चुनाव गर्नुपर्ने सयुक्त प्रेस विज्ञप्ति नै जारी गरेको छ । युक्त विज्ञप्ति हेर्दा बाबुरामले पनि स्थानीय तहको चुनाव चाहेका छैनन् । उनको माग अनुसार पहिला संघ र प्रदेशको निर्वाचन गराउन आवश्यक रहेको बताएका छन् । यसले नै प्रष्ट हुन्छ बाबुराम चुनावबाट ‘ब्याक’ हुँदैछन् । अहिले नयाँ शक्ति र मधेशी मोचाले उठाएका केहि मुद्धाहरु मिल्दाजुल्दा छन् । जस्तै नयाँ शक्तिले पनि पहिला संविधान संशोधन गरेर मात्रै चुनाव हुनुपर्नेलगायतका छन् । हुनत आज आएको बाबुराम र यादवको सयुक्त विज्ञप्ति खास नौलो होईन् । किन कि यसअघि नै बाबुराम र यादव मिल्ने कुरा सार्वजनिक भईसकेका छन् । तर बाबुराम नै किन चुनाव चाहँदैनन् भन्ने कुरा खास ठूलो हो । बाबुरामलाई यसअघि नै भारतको विश्वासी पात्रको ‘ट्याग’ लागेको थियो । अहिले मधेशीका मागलाई उचालेर आन्दोलनमा सहकार्य गर्नु कत्तिको उचित हो उनै भट्टराई जान्नुपर्ने हो । १९ बर्षदेखि स्थानीय जनप्रतिनिधि विहिन भएको अबस्थामा सरकारले घोषणा गरेको स्थानीय निर्वाचन स्थगित गर्नुपर्छ भन्ने बाुबरामहरुको पाँच ‘स’ले गिज्याएको जस्तो आभाष हुन्छ । सवृद्धि सम्भव छ हाम्रै पालामा भन्ने बाबुरामहरु किन चुनाव चाहँदैन् ? ०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव समृद्धि होईन् र ? के यो चुनावलाई निकास रुपमा नहेर्ने बाबुरामहरु कुन नजरले हेर्न चाहन्छन ? \"\" बाबुराम यतिबेला मधेशीको मुद्धालाई उठाएर तराई चुनावी माहौल सिर्जन ा गर्न खोजिरहेका छन् । संशोधनको मुद्धालाई उठाएर मधेशी समुदायको मनभित्र पस्न् खोजिरहेका छन् । त्यसैले संशोधनपछि चुनाव हुनुपर्ने तर्क अघि सारिरहेका छन् । सयुक्त विज्ञप्तिको पहिलो नम्वरमै व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्नुपर्ने माग गरेका छन् । त्यसपछि दोस्रो नम्बरमा संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिला गर्नुपर्ने बाबुरामहरुले बताएका छन् । के साच्चै नयाँ शक्तिको नारा जस्तै देशमा निकास चाहेका छन् बाबुरामहरुले ? यदि देशमा निकास चाहेका भए किन बाबुराम चुनाव चाहदैनन् ? कि चुनावदेखि डराए बाबुराम ? हो पक्कै देशलाई निकास दिन निर्वाचन मात्रै आजको आवश्यकता होईन् । तर निर्वाचन पनि आवश्यकता भित्रको एक हो भन्ने कुरा बु्झ्नुपर्छ । देशलाई अग्रगामी परिवर्तनको दिशामा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य हो भन्ने कुरा बाबुरामहरुले बुझ्न जरुरी छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: