Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संशोधन विधेयकमाथि छलफल शुरु, संशोधन हाल्न ७२ घण्टाको समय

\"\" काठमाडौं, १२ फागुन । संविधान संशोधन विधेयक राष्ट्रघाती र असंवैधानिक भन्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले संसदमा मौन बस्दा संविधान संशोधन विधेयकमाथिको प्रक्रिया अघि बढेको छ । विधेयकको चर्को विरोध गर्दै आएको एमाले मौन बसेपछि विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव विहीवार नै पारित भई सांसदहरुलाई विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय दिइएको छ । पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको हो । व्यवस्थापिका संसदको बिहीबारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा राखिएको थियो । सो कार्यसूचिअनुसार कानुनमन्त्री अजयशंकर नायकले संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएपछि संशोधन विधेयकमा संशोधन हाल्न ७२ घण्टाको समय दिइएको छ । संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमाले मौन रहेको थियो भने एमाले सहितका नौ दल मध्ये नेपाल मजदुर किसान पार्टीले संशोधनको विरोधमा नाराबाजी गरेका थिए । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको थियो । प्रचण्ड र ओलीबीचको वार्तामा एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने सहमति गरेका थिए । निर्वाचनको वातावरण बनाउन संशोधन विधेयकमा एमाले मौन बस्ने र विधेयकमाथि सांसदहरुलाई संशोधन हाल्ने समय दिने सहमति भएको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले विधेयकप्रतिको ९ विपक्षी दलको अडान र मान्यता कायमै रहेको भन्दै एक दिनका लागि मौन बस्ने जानकारी दिएका थिए । तर नेमकिपाको विरोधले नौ दल पनि एक नभएको देखिएको छ । संशोधन प्रस्ताव मधेसी जनताको हितमा नरहेको उल्लेख गर्दै एमाले संसदीय दलको उपनेता सुभाष नेम्वाङ्गले विधेयक असंवैधानिक भएकाले छलफल गर्नुको अर्थ नहुने बताए । संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा कांग्रेसका फरमुल्लाह मन्सुर, माओवादी केन्द्रका सांसद उमेश यादव, तमलोपाका सवेन्द्रनाथ शुक्ला, कांग्रेसका तेजुलाल चौधरी, थरुहट तराई पार्टीकी रुक्मिणी चौधरी लगायतले धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: