Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

म्यानमारबाट विस्थापित मूसलमान काठमाडौंमा, घर फर्कन राष्ट्रसंघ गुहारे (फोटो कथा)

\"\"काठमाडौं, १५ फागुन । दशौं हजार रोहिंज्या शरणार्थीहरु हालैका महिनाहरुमा म्यानमार छोडेर बांग्लादेश आएका छन् । उनीहरुकै शब्दमा, सरकारले दिने उत्पीडनबाट मुक्ति पाउनका लागि उनीहरुले घर छोडेका हुन् । तर यो तस्वीरमा देखिएजस्तै धेरै जना यही कारणले म्यानमार छोडेर केही वर्षअघि काठमाण्डू आएका थिए । \"\" अधिकारीहरुका अनुसार काठमाडौंमा दुईवटा बस्तीमा गरी नेपालमा करिब २ सय रोहिंज्याहरु छन् । तिनै मध्यका केही शरणार्थीहरुलाई कपनको राम मन्दिर नजिकै रहेको अस्थायी बस्तीमा बस्दै आएका छन् । \"\" काठमाडौंमा रहेका करिब २ सय रोहिंज्यामध्ये एक हुन् ३१ वर्षीय अमिर हुसेन जो बंगलादेश र भारत हुँदै सन् २०१२ मा आफ्नी श्रीमती र तीन सन्तानसहित नेपालमा तीन महिनाका लागि आएका थिए । सेतो सर्टमा देखिएका ३० वर्षीय अयातुल्लाह अयातुल्लाह गत वर्षमात्रै शरणको खोजीमा नेपाल आइपुगेका हुन् । \"\" अमिर हुसेनले भने, ‘बुद्ध धर्मका अतिवादीहरुको हमलामा मेरो समुदायका मानिसहरुलाई परे, थुप्रै मानिसहरु नराम्ररी घाइते भए र केही मेरै आँखा अगाडि मरे । त्यसपछि मैले रखिन राज्यस्थित मउंगद भन्ने ठाउँमा रहेको मेरो गाउँ छोड्ने निधो गरेँ । \"\" पाँचजनाको मेरो परिवार र गाउँका अन्य केही रोहिंज्याहरु बांग्लादेशको सीमा हुँदै हिँड्न शुरु गर्यौं। हामीसँग खानेकुरा थिएन र पैसा पनि पर्याप्त थिएन त्यसैले म र मेरी श्रीमती कहिले आधा पेट त कहिले भोकै सुत्यौं। बांग्लादेश नपुगुञ्जेल हामी रातभर र दिनभर हिँड्यौं । बंगलादेशका अधिकारीहरुले पनि हामीलाई उनीहरुको सीमा क्षेत्रमा बस्ने अनुमति नदिएपछि हाम्रो पीडाले नयाँ मोड लियो । उनीहरुले हाम्रो अस्थायी बास पनि भत्काइदिए र हामीलाई उनीहरुको देश जतिसक्दो चाँडो छोडुन् भनेर पिट्न र धम्कीहरु दिन थाले । \"\" रोहिंज्याहरुले आफ्नो १ सय २० जना रहेको समुदायका लागि वर्षमा करिब ७ सय डलर भाडा तिर्ने गरेको बताए । शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसघंको उच्च आयुक्तको कार्यालयले दिने भत्ता घटाएको बेला उनीहरुको भाडा दर भने वार्षिक १० प्रतिशतका दरले बढ्ने गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् । \"\" नेपालले तिब्बत र भुटानबाट आएकाहरुलाई मात्रै शरणार्थीको रुपमा पहिचान गर्छ र अन्य देशका शरणार्थीहरुलाई अवैधानिक आप्रवासीको रुपमा हेर्छ । तर यहाँ अन्य देशहरु इरान, इराक, पाकिस्तान, बांग्लादेश, श्रीलंका, युक्रेन र अन्य मुलुकका शरणार्थीहरु पनि छन् । \"\" नेपालको गृहमन्त्रालयका अधिकारीहरु शरण खोज्ने जो कोहिलाई खाने र बस्ने व्यवस्था उपलब्ध गराइनुपर्छ भन्ने अपेक्षालाई नै निरुत्साहित गर्नुपर्ने बताउँछन् । र, यस्ता शरणार्थीहरुको प्रवेशलाई रोक्न मन्त्रालयले काम गरिरहेको उल्लेख गर्छन् । काठमाण्डूस्थित संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी कार्यालयले अयातुल्लाहले नेपालमा शरण पाउनका लागि दिएको निवेदनको जवाफ दिएको छैन । तर समुदायका अमिर हुसेनसहित केही सदस्यहरुले भने आफूहरुले यदि उच्च आयुक्तको कार्यालयबाट आर्थिक सहयोग पाए र घर फर्किँदा सुरक्षित हुन्छ भन्ने निश्चित भए आफूहरु घर फर्किन इच्छुक रहेको बताएका छन् । (बीबीसीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: