Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दृष्टिविहीनको पीडाः ‘पढ्दै त छौँ तर लेख्न केही छैन’

कञ्चनपुर,  । दुई दाजुभाइको अकालमै मृत्य भएर परिवार नै विरक्तिएपछि कञ्चनपुरको कृष्णपुर–२ वाणिका १२ वर्षीया दृष्टिविहीन बालिका शान्ति धामीले बाल्यकालमा विद्यालय देख्न पाइनन् ।

“स्कुल जाने उमेरमा दुईभाइको उपचार गर्न नसकेर मृत्यु भयो,” वाणि बजार छेउमै हालै खुलेको दृष्टिविहीन विद्यालयमा पढ्दै गरेकी शान्तिले अहिले आएर पढ्न त इच्छा देखाइन् तर त्यो इच्छालाई अभावले च्यापेको छ । डेढ महिनाअघि स्थानीय अपाङ्ग एकता समाजले डेढ महिनाअघि दृष्टिविहीनको अध्यापनका लागि स्थापना गरेको विद्यालयमा शान्ति जस्तै आठजना दृष्टिविहीन अक्षर चिन्न खोज्दैछन् । तर सुरुवातदेखि नै विभिन्न समस्या झेलिरहेका दृष्टिविहीनले अध्ययनका लागि शैक्षिक सामग्री हेर्नसमेत पाएका छैनन् । धनगढीस्थित पञ्चोदय उच्च माविमा अध्ययन गरेका दृष्टिविहीन हरिश नेपालीले विद्यालयमा आएकाहरुलाई मौखिक कक्षा दिइरहेको भए पनि उनीहरुसित अरु पढ्ने सामग्री छैन । “ब्रेललिपि, सिलेडहरु आवश्यक थियो,” स्थानीय घर भएका शिक्षक नेपालीले भन्नुभयो, “स्कुल त खुल्यो, शैक्षिक सामग्री भएन ।” वाणि बजारमा दुई हजार ५०० चन्दा सङ्कलन गरेका दृष्टिविहीनहरु सङ्गठित भई विद्यालय खोले पनि धेरै समस्या रहेको अपाङ्ग एकता समाजका अध्यक्ष करन साउदले बताउए । “सिङ्गो देश साक्षर भइरहेका बेला हामी अपाङ्गहरु पनि पढौँ भनेर लागेको हौँ,” अध्यक्ष साउदले भने – “तर कहीँ कतैबाट सहयोग पाइएला जस्तो छैन ।” विद्यालय स्थापना गर्दा स्थानीय सामुदायिक वन तथा बजारका व्यापारीले सहयोग गर्ने आश्वासन दिएपछि आफूहरुले मिलेर विद्यालय स्थापना गरेको साउदले बताएका छन् । “यहाँ पढ्ने विद्यार्थीलाई बस्ने, खाने पनि व्यवस्था मिलाएका छौँ,” उनले भने  – “अहिले बजारमा उधारोमा काम चलाएका छौँ ।” वाणि बजारमा तीनकोठे घर भाडामा लिएर दृष्टिविहीनले विद्यालय चलाएका छन् । अहिले यहाँ मौखिक रुपमा साङ्केतिक भाषामा पढाइ भइरहेको छ । “सिलेड, ब्रेललिपिहरु यहाँ पाइँदैन,” अध्यक्ष साउदले भने, “कहीँबाट सहयोगमा पाइए पनि तत्कालको काम रोकिँदैन थियो ।” हाल स्कुलमा पाँच महिला र तीन पुरुष कक्षा लिइरहेका छन् । “दृष्टिविहीनहरुका लागि यहाँ स्कुल नै भएन” शिक्षक नेपालीले भन्नुभयो, “लालपुरमा छ तर १० जनाभन्दा बढी राख्दैनन् ।” उनले वाणिमा विद्यायल खुलेको थाहा पाएपछि जिल्लाको अन्य क्षेत्रबाट पनि दृष्टिविहीनहरुले आउने चाहना देखाइरहेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies