फाल्गुन १७ गते, २०७३ मगलवार 28th February, 2017 Tue०६:३६:२४ मा प्रकाशित
काठमाडौं, १७ फागुन । विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ । संसद्को विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्थासहित कार्यविधि पारित गरेको छ । मुलुकी ऐन प्रतिस्थापनका लागि विचाराधीन विधेयक विधायन समितिमा छलफलको क्रममा छ ।
अाजको गोरखापत्र दैनिकमा खबर छ– उपसमितिमा दफावार छलफलका क्रममा प्रहरीले उक्त विषयमा असन्तुष्टि जनाएको थियो । प्रहरी नेतृत्वले उक्त दफा हटाउन मागसहित उपसमिति संयोजक लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र समेत बुझाएको थियो तर उपसमितिले सरकारले प्रस्ताव गरेको उक्त विषय पारित गरेको हो ।
प्रहरीले पक्राउ पूर्जीबिना पक्राउ गर्न नपाउने र २४ घन्टाभित्र न्यायिक निकायबाट अनुमति लिनुपर्ने व्यवस्था नै व्यावहारिक भएको सुझाव दिएको थियो । पक्राउ पुर्जी, थुनछेक र न्यायिक अधिकार अदालतमा दिँदा निष्पक्ष न्यायमा प्रश्न उठ्ने प्रहरीको तर्क थियो ।
पारित विधेयकमा भनिएको छ
‘कुनै व्यक्तिलाई कसुरको अनुसन्धानको सिलसिलामा यस परिच्छेदबमोजिम तत्कालै पक्राउ गर्नुपर्ने भएमा त्यसको कारण खुलाई सम्भव भएसम्म पक्राउ गर्नुपर्ने व्यक्तिको पहिचान खुल्ने विवरणसहित पक्राउ पूर्जी जारी गर्ने अनुमतिको लागि मुद्दा हेर्ने अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । ’ पक्राउ अनुमतिको निवेदनमा पक्राउ गर्नुपर्ने कारण मनासिव देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन सक्नेछ । त्यस्तो आदेश पक्राउ गर्नुपर्ने व्यक्ति पक्राउ नपरेसम्म सार्वजनिक गरिने छैन । मुद्दा हेर्ने अधिकारीले स्वीकृत नदिएको अवस्थामा घटनाको अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाउन नसक्ने व्यवस्था छ ।
मुद्दा दायर नहुने
अब खास प्रकृतिका सानातिना कसुरमा महान्यायाधिवक्ताको राय लिएर मुद्दा नचलाउन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । तर, सार्वजनिक हित प्रतिकूल हुने कसुरमा भने छुट हुने छैन । यसरी मुद्दा दायर नगर्दा सरकारी वकिलले अभियुक्तलाई भविष्यमा कसुर नगर्ने कबुलियत गराउनुपर्नेछ । महान्यायाधिवक्ताको रायमा १ हजार रुपियाँसम्मको बिगोे भएको वा पहिलो पटक गरेको बगलीमारासम्बन्धी कसुर, भिक्षा माग्ने कसुर, ३ हजार रुपियाँसम्म जरिवानासम्मका कसुरमा रायअनुसार मुद्दा नचलाउन सक्ने अधिकार कार्यविधिमा छ ।
स्वदेशमै कारबाही
कार्यविधिले पहिलो पटक विदेशमा भएको कसुरका घटनामा स्वदेशी कानुनअनुसार कारबाहीको व्यवस्था गरेको छ । नेपालमा दर्ता भएको वायुयान वा पानी जहाजमा भएको वा नेपालबाहिर भएको कुनै कसुरको सम्बन्धमा नेपाल कानुनले सजाय हुने भए उक्त कसुर नेपालमै गरेबमोजिम हुनेछ । अभियुक्त नेपालभित्रको जुन जिल्लामा फेला परेको छ सोही जिल्लाको अदालतमामा मुद्दाको कारबाही चल्नेछ । अब छापा वा विद्युतीय माध्यमबाट पनि म्याद तामेल गर्न सकिनेछ । कार्यविधिले म्याद तामेलमा समस्या भएमा विद्युतीय माध्यमबाट समेत म्याद तामेलको व्यवस्था गरेको हो ।
एक महिनामा फैसला
मुद्दाको सबै प्रमाण बुझिसकेपछि अब एक महिनाभित्र फैसला गरिसक्नुपर्नेछ । प्रमाण बुझेको एक महिनाभित्र फैसला हुन नसके कारण खुलाई पुनरावेदन सुन्ने अदालतमा जाहेर गर्नुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: