Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

निर्वाचनपछि मात्र सीमांकन हेरफेर गर्न प्रधानमन्त्रीको प्रस्ताव, मोर्चाद्वारा अस्वीकार

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरूसँग राजनीतिक सहमति जुट्ने विषयमा संविधान संशोधन गरेर विवादित विषयलाई सहमतिका साथ निर्वाचनपछि संशोधन गर्न प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ भएको बैठकमा प्रधानमन्त्री दाहालले सहमति जुट्ने विषयमा स्थानीय तह निर्वाचनअघि नै संशोधन गर्ने र विवादित देखिएका विषयमा निर्वाचनपछि संशोधन गर्न प्रस्ताव गरेका हुन् । मोर्चाका नेताहरूले भने निर्वाचन अघि नै सीमांकनसहितको संशोधन पारित गर्नुपर्ने अडान दोहो(याएका छन् । उनीहरूले स्थानीय तहको संख्यामै विवाद रहेको, स्वायत्त क्षेत्रलगायतका विषयमा कानुन बनी नसकेको भन्दै संविधान संशोधन पारित र स्थानीय तहसम्बन्धी कानुन नबन्दासम्म निर्वाचन असम्भव रहेको जिकिर गरेका छन् । यद्यपि, मोर्चाका नेताहरू निर्वाचन गराएर संविधान कार्यान्वयन गर्दै अघि बढ्ने विषयमा भने सकारात्मक बनेका छन् । बैठकमा सहभागी मधेसी मोर्चाका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले संशोधनका विषयमा दुई तिहाइ पु¥याउन असम्भव भएकाले केही विषयमा निर्वाचन पहिले र केही विषयमा निर्वाचनपछि राजनीतिक सहमतिबाट अघि बढ्ने विषयमा प्रस्ताव राखेको बताए । ‘प्रधानमन्त्रीजीले सबै विषयमा एकैपटक सहमति गर्न गाह्रो पर्छ, केही विषयमा निर्वाचन पहिले र केही विषयमा निर्वाचनपछि राजनीतिक सहमतिबाट निकास खोजौं भन्नुभयो,’ नेता महतोले भने, ‘हामीले परिमार्जनसहित संशोधन पास भएपछि मात्रै निर्वाचनमा सहभागी हुन्छौं भन्यौं ।’ बैठकमा सहभागी अर्का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले सीमांकनका विषयमा पछि टुंगो लगाउने गरी निर्वाचनमा सहभागी भई अघि बढ्न मोर्चालाई आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीले अहिले सहमति हुन सक्ने विषयमा सहमति गरौं, सीमांकनलगायतका बाँकी विषयमा राजनीतिक सहमतिबाट निकास खोजौं भन्नुभयो, हामीले त्यसरी हुँदैन भनेर प्रस्ट भन्यौं,’ नेता श्रेष्ठले भने । बैठकमा सरकारले ३१ वैशाख २०७४ का लागि सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको र सदनमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा रहेको सन्दर्भमा मोर्चाका नेताहरूसँग छलफल भएको हो । संविधानप्रति असन्तुष्ट रहँदै आएका मधेसी मोर्चाका नेताहरूले भने परिमार्जनसहित संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताए । बैठकमा स्थानीय तह पुनःसंरचनाको अन्तिम टुंगो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेसी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा नजाने हो भने संघीयता नै उल्टिन सक्ने खतराप्रति मोर्चाका नेताहरूको ध्यानाकर्षण गराएको प्रधानमन्त्री कार्र्यालय स्रोतले जानकारी दिएको छ । संविधान संशोधन प्रस्तावलाई अन्तिम टुंगोमा लैजान मोर्चाका नेताहरूको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिबद्ध रहेको जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बतायो । सरकारले ३१ वैशाख २०७४ का लागि स्थानीय निर्वाचन घोषणा गरेपछि मोर्चाका नेताहरू सरकारसँग थप सशंकित हुँदै आएका छन् । मोर्चाका नेता महतोले भने, ‘विश्वासको संकट बढेको छ, हामी त निर्वाचनबाट भागेका छैनौं नि ।’ मोर्चासँग आबद्ध पाँच मधेसवादी दलले आइतबार संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराएका थिए । परिमार्जनसहित संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा भाग नलिने अडान मधेसी मोर्चाले राखेको छ । मिति घोषणा गरिसकेपछि पनि प्रधानमन्त्रीले मोर्चाका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । छलफलमा प्रधानमन्त्री दाहालसहित मोर्चाका नेताहरू महन्थ ठाकुर, महतो र श्रेष्ठ सहभागी थिए । बैठक मंगलबार बिहान पुनः बस्ने नेताहरूले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy