Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नियमावलीविपरीत संशोधन दर्ता, मूल विधेयकभन्दा बाहिर गई प्रदेश सीमांकनको प्रस्ताव

\"\"काठमाडौं, १७ फागुन । संविधान संशोधन विधेयकमा प्रदेश सीमांकनसम्बन्धी विषयमा राखिएको संशोधन प्रस्तावहरू विषयभन्दा बाहिर रहेको पाइएको छ । सांसदहरूले संसद् नियमावलीविपरीत गएर संशोधन प्रस्तावहरू दर्ता गराएको पाइएको हो । आजको राजधानी दैनिकमा खबर छ– संविधान संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव दर्ता आइतबार साँझ सकिएको थियो । समयभित्र दर्ता भएका संशोधनहरू मूल विधेयकभन्दा बाहिर गएको देखिएको संसद् सचिवालयका एक अधिकृतले जानकारी दिए । संविधान संशोधन विधेयकमा प्रदेश–५ को विषयमा राख्नुपर्ने भए पनि अन्य प्रदेशसमेत टुक्र्याउनुपर्ने भन्दै संशोधन परेका हुन् । प्रदेश–५ का पाल्पा, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्युठानलाई प्रदेश–४ मा राखिएको विषयमा हाल्नुपर्ने संशोधन प्रदेश–१, प्रदेश–२ प्रदेश–५ र प्रदेश–७ सम्म टुक्र्याउनुपर्ने भन्दै संशोधन हालिएको छ । मधेसकेन्द्रित दलका सांसदहरूले सबै प्रदेशलाई टुक्र्याउनुपर्ने भन्दै नियमावलीविपरीत संशोधन दर्ता गराएका हुन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितका पाँच दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका सांसदहरूले विवाद नै नभएका र संशोधन विधेयकमा प्रस्ताव नै नगरिएको अन्य प्रदेशका जिल्ला पनि फेरबदल गर्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीले पनि नियमविपरीत संशोधन प्रस्ताव दर्ता गराएको छ । नेमकिपाले संविधान संशोधन विधेयकलाई देशद्रोही र राष्ट्रघाती भन्दै संशोधन प्रस्ताव हालेको छ । नियमावलीविपरीत आएका संशोधनलाई सभामुखले पुनः परिमार्जन गर्न दिने व्यवस्था छ । सभामुख ओनसरी घर्ती मगर भने पारिवारिक समस्याका कारण अहिले मुलुकबाहिर छिन् । फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा, दलित जनजातिसहितका पाँच दलका सांसदहरूले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले आठ प्रदेशको प्रस्ताव गर्दै अन्य प्रदेशमा रहेका जिल्लाहरूलाई टुक्र्याउनुपर्ने प्रस्ताव गरेका छन् । जसमा प्रदेश नम्बर १ मा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा राख्ने प्रस्ताव गरिएको छ । संशोधन प्रस्तावमा कैलाली, कञ्चनपुरलाई सातौं प्रदेशबाट झिकी पाँचांै प्रदेशमा राख्ने प्रस्ताव गरिएको छ । प्रदेश नम्बर ३ को चितवनलाई टुक्र्याउने तर नवलपरासीलाई टुक्र्याउन नहुने प्रस्ताव गरिएको छ । संघीय समाजवादी फोरमबाहेक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने झापा, मोरङ, सुनसरी र ।प्रदेश नम्बर ३ को चितवनका केही गाविसलाई राख्नुपर्ने प्रस्ताव गरेको छ । नवलपरासीलाई नटुक्र्याउने तथा कैलाली र कञ्चनपुरको केही भाग प्रदेश ५ मा र केही भाग प्रदेश ७ मा राख्नुपर्ने प्रस्ताव गरिएको छ । यसरी एउटा विषयमा मागिएको । संशोधन अर्को विषयमा आएपछि संसद् सचिवालयले कुनै निर्णय गर्न सकेको छैन । व्यवस्थापिका–संसद्को नियमावली २०७३ को नियम १२८ ले । संशोधनसम्बन्धी विभिन्न सर्त तोकेको छ । जसमा संशोधनको विधेयकको विषयसँग सम्बद्ध र विधेयकको परिधिभित्रको हुनुपर्ने, संशोधनको विधेकयमा निहित सिद्धान्तविपरीत हुन नहुने उल्लेख छ । कुनै दफामा दर्ता खोजिएको संशोधन उक्त दफामा रहेको कुरासँग सम्बद्ध हुनुपर्ने पनि ब्यवस्था छ । संशोधन सदनद्धारा पूर्वस्वीकृती सिद्धान्त वा निर्णयको विपरीत हुनुहुँदैन भन्ने व्यवस्थासमेत नियमावलीले गरेको छ । सभामुखलाई कुनै संशोधनलाई स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाएर त्यसमा सुधार गर्र्ने वा एकै आशयका एकभन्दा बढी संशोधनहरूलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार छ । सरकारले संविधानको धारा ७ को २ (क), धारा ११ को उपधारा ६, धारा ८६ को २ (क), धारा २ सय ८७ को उपधारा ६ (क) पछि क (१) थप गर्ने, धारा ५६ को उपधारा (३) मार्फत ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई प्रदेश ४ मा गाभ्दै गत १४ मंसिरमा संशोधन विधेयक दर्ता गराएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy