Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

को– को छन् रविन्द्र मिश्रको पार्टीमा अरु अनुहार

\"\"काठमाडौं, १७ फागुन । बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रले जागिरबाट राजिनामा दिएसँगै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनले अबका दिनमा पूर्णकालिन र सक्रिय राजनीतिमा होमिने बताउँदै नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन । उनले नेपाली राजनीतिको फोहर सफा गर्ने उदेश्यका साथ परोपकारी मनका साथ आफु राजनीतिमा होमिएको बताएका रविन्द्र मिश्रलाई धरैजसो गैरराजनीतिक पृष्ठभुमिबाट आएका व्यक्तिहरुले साथ दिने भएका छन् । पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, इन्जिनियर सुर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादवले रविन्द्र मिश्रलाई साथ दिने भएका छन् । किशोर थापा निजामति सेवामा लामो समयको अनुभव भएका व्यक्ति हुन्। उनले सहरी विकास मन्त्रालयको सचिवबाट अवकास पाएका थिए। यसपछि पुनर्निर्माण प्राधिकरणमा पनि विज्ञको रूपमा काम गरेका थिए। उनी अहिले बाग्मति सरसफाइ महाअभियानमा सक्रिय छन्। डा.सरोज धिताल काठमाडौं मोडल अस्पतालमा कार्यरत छन्। उनी २०४६ साल ताका तत्कालीन नेकपा९माले०मा आबद्ध भएर भूमिगत जीवन बिताएका थिए। त्यसपछि राजनीति छोडी पुर्णकालिन जागिरमा लागेका थिए। उनले चीनको सांघाइ मेडिकल विश्वविद्यालयमा अध्ययन गरेका हुन्। धिताल लेखक पनि हुन्। राजनीतिक पृष्ठभुमि भएका पहिले माओवादीसँग नजिक भएका र बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि काम गरेका मुमाराम खनालले मिश्रलाई साथ दिने भएका छन् । यस बाहेक नायक राजेश हमाल, डा. गोविन्द केसी लगायतसँग पनि मिश्रले आफ्नो पार्टीमा रहेर काम छलफल र अनुरोध गरिहेका छन् । मिश्र पार्टी गठनका लागि केही दिन भित्रमै देश दौडाहामा निस्कने तयारीमा छन्। यसविचमा धेरै मानिसहरुसँग छलफल र अन्तक्रिया पश्चात आफ्नो पार्टीमा रहनेको नाम सार्वजनिक गर्ने तयारीमा उनी रहेका छन् । साथै केही समयभित्र कम्तिमा सात प्रदेशका प्रदेश कमिटी गठन गर्ने र दुई साता भित्रमा पार्टीको टिम सार्वजनिक गर्ने मिश्रको तयारी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: