Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सबैखाले अतिवादलाई परास्त गर्दै चुनाव गराएरै छाड्ने प्रचण्डको घोषणा

\"\"काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले सवैखाले अतिबादलाई परास्त गर्दै घोषित मितिमा स्थानीय निकायको चुनाव गराएरै छाड्ने बताएका छन् । आज राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हिमाल तराई र पहाड कतैको पनि अतिबाद नसहने उल्लेख गर्दै सवैखाले अतिबादलाई परास्त गर्दै मुलुकलाई निकास दिन चुनाव एक निर्विकल्प उपाए भएको बताएका हुन । उनले मधेसको असन्तुष्टिलाई उपयोग गरेर मुलुककै विखण्डन गर्ने प्रयास भएको उल्लेख गर्दै त्यस्ता अतिवादलाई परास्त गर्दै आगडी बढ्ने बताए । उनलेमधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गरे । २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन घोषणा गर्दा आफूलाई संशय भन्दा गौरवबोध भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो आफ्नो मात्र नभइ सिंगो देश र लोकतन्त्रको परीक्षा भएको दावी गरे। यो निर्वाचन प्रधानमन्त्रीको मात्र परीक्षा होइन। लोकतन्त्र र राष्ट्रकै परीक्षा हो। झण्डै २० वर्षदेखि हुन नसकेको निर्वाचन घोषणा गर्दा मलाई अनिश्चय होइन गौरवको बोध भएको छ’ उनले भने ’ उनले चुनावसागै गाली र ताली होइन विकासको प्रतिस्पर्धा हुने दावी गर्दै चुनावलाई महोत्सव भन्दै प्रधानमन्त्री प्रचण्डले विना संशय र विना हिचकिचाहट सहभागी हुन सबैलाई अपिल गरेका छन्। उनले मधेसमा स्थानीय तहको संख्या बढाउन सरकारले गम्भीर गृहकार्य गरिरहेको भन्दै अगाडि भने ’अहिले तपाईहरुलाई एउटा अवसर मतपेटिकाको रुपमा दैलोमा छ। मधेसले उत्सवको रुपमा स्वीकार गर्ने कुरामा सरकार पूर्णत आशावादी छु।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: