Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कांग्रेस, माओवादी र मधेसी मोर्चा एक ठाउँ, तराईमा संख्या बढाउने सहमति

\"\"काठमाडौं, १८ फागुन  । निर्वाचन घोषणाको बिरोध गर्दै आएको मधेसी मोर्चाले स्थानीय तहको चुनावका लागि सरकारलाई सहयोग गर्ने भएपछि निर्वाचनसम्बन्धी सबै आशंकाहरुको अन्त्य भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा गरेको सम्बोधनमा निर्वाचनले शान्ति र समतामूलक समाजको निर्माणमा ऐतिहासिक भूमिका खेल्ने भन्दै सबै पक्षलाई निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपील गरेलगत्तै मधेसी मोर्चा सहमतिमा आएको हो । मधेसी मोर्चा र सत्तारुढ नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताबीच मंगलबार साँझ बालुवाटारमा भएको छलफलमा संशोधन विधेयक र निर्वाचनबारे सहमति जुटेपछि निर्वाचनका माहौल झनै तीब्ररुपमा विकास भएको छ । मधेसी मोर्चाले संविधान संशोधन गरेपछि मात्रै चुनाव गर्नुपर्ने अडान राख्दै आएको भएपनि जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको मुद्दामा सरकार लचिलो भए चुनावमा सहयोग गर्ने धारणा बैठकमा राखेको थियो । सरकारले भने राज्य पुनःसंरचना आयोगलाई तीनदिनको समय अवधि तोकेर परिमार्जनसहित प्रतिवेदनलाई अन्तिमरुप दिन निर्देशन दिइसकेको छ । बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले चुनाव र संविधान संशोधनमा बृहत सहमति खोज्ने विषयमा बैठकमा कुरा भएको थियो । मधेशमा जनसंख्याको आधारमा संख्या थप्ने विषयमा सहमति कायम गरिने उनले बताइन । राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा मधेसी मोर्चाले असहमति जनाउँदै आएको छ । चुनाव र स्थानीय तहको विषयमा सहमति खोज्नका लागि प्रधानमन्त्रीले राप्रपा, एमाले, नेपाली कांग्रेस र मोर्चासँग यसविषयमा पटकपटक छलफल गरेका थिए । बिभिन्न चरणमा भएको छलफलमा तराईमा स्थानीय तहको संख्या थपिने र मधेसी मोर्चाले चुनावको वातावरण बनाउन सहयोग गर्ने सहमतिमा दलहरु पुगेका हुन । तराईमा जनसंख्याको आधारमा संख्या थप गर्ने विषय अगाडि बढेमा संशोधन संशोधनलाई नपर्खेर मधेसी मोर्चा चुनावमा जाने वातावरण बनेको हो । संविधान संशोधनको विषयमा भने प्रक्रिया अन्तर्गत जाने तर संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्न अधिकतम राजनीतिक सहमतिका लागि प्रयास जारी राख्ने सहमति भएको छ । मोर्चाभित्रको अन्तरविरोधले सरकारको चुनावको घोषणालाई सोझै सहयोग या समर्थन गर्न नसक्ने अवस्थामा मोर्चा रहेकोले खुलेरै चुनावको समर्थन गर्न मोर्चालाई अप्ठ्यारो देखिएको श्रोतले बतायो । खासगरी उपेन्द्र यादवलगायतले संविधान संशोधन सकेर मात्रै चुनाव गर्नुपर्ने अडान कायम राखेका छन् । भारतीय जासुसी संस्था रको चलखेलमा यादवले नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसँग कार्यगत एकतामार्फत यो धारणा राखेको चर्चा यतिखेर व्यापक बनेको छ । त्यही भएर यादवले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने धारणा समेत राखेका छन् । तर मोर्चाका अन्य घटकले भने जनसंख्याका आधारमा स्थानीय तहमा सम्मानजनक संख्या थपिने शर्तमा चुनावको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् । मोर्चाको यसपछि बस्ने बैठकले यो विषयमा थप धारणा स्पष्ट गर्ने मोर्चा नेता महन्थ ठाकुरले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: