Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे – सभापति देउवा

\"\"काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मङ्सिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे । प्राध्यापक सङ्घ बुद्धिजीवी संस्था भएकाले प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न पार्टीलाई सुझाव दिनुपर्ने उल्लेख गर्दै उनले भने – “नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका छन् ।” सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा विभिन्न स्वार्थसिद्ध गर्नका लागि हस्तक्षेप बढाउँदै गरेकाले देश लथालिङ्ग भएको बताउँदै अहिलेको अवस्थामा प्रजातन्त्रवादी प्राध्यापकले विज्ञ समूहका रुपमा देशको राष्ट्रियता र एकताका निमित्त पार्टीलाई दिशानिर्देश गर्नुपर्ने विचार व्यक्त गरे । रक्षामन्त्री बालकृष्ण खाँणले प्राज्ञिक उन्नयन र प्रजातन्त्रको रक्षाका लागि प्राध्यापक क्रियाशील हुनुपर्नेमा जोड दिए । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक दलले भागबन्डामा प्रहरी प्रमुख, राजदूत नियुक्ति गर्दा त्यसमा प्रजातन्त्रका लागि सङ्घर्षशील पार्टी नेपाली काँग्रेसले पनि साथ सहयोग गरेकामा चिन्ता व्यक्त गरे । प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष वासुदेव घिमिरेले नयाँ संविधानअनुसार प्रादेशिक संरचनामा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गरे । शनिबारसम्म जारी रहने सो महाधिवेशनमा एक हजार २७२ प्रतिनिधि सहभागी छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: