Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

संशोधन र निर्वाचन नचाहनेको केन्द्र एउटै –प्रचण्ड

फागुन २०, काठमाडौं । प्रधानमन्त्री तथा ने।क।पा। ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन नचाहने अतिवादी प्रवृत्तिको केन्द्र एउटै भएको बताएका छन् । शुक्रबार काभ्रेको कामिडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ‘मुलूक खुकुरीको धारमा भएको बेला प्रधानमन्त्रीको जिम्मेवारी लिएको छु । संविधान कार्यान्वयन गर्ने चुनौति हाम्रोसामू छ । एकथरि मान्छेहरु कुनै हालतमा संविधान संशोधन हुनै हुन्न भन्छन्, अर्कोथरि मान्छेहरु चुनाव हुनै दिन्नौं भन्छन् । एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने । यी दुई अतिवाद नै मुलूकको प्रमूख समस्या हो । संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन त छैनन् ?, व्यवहार हेर्दा त्यस्तै लाग्छ ।’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पार्दै प्रचण्डले भने –अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसीरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन । संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् । सिंहदरबारको अधिकार गाउँ, टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन् । संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन ।’ कामिडाँडा नेपाली राजनीतिको स्मरणयोग्य ठाउँ भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने –‘१२ बूंदे सम्झौता भएको थियो, जनआन्दोलन भएको थियो । तर, शान्ति सम्झौता भएको थिएन । युद्धलाई क्रान्तिकै बाटोमा अघि बढाउने वा शान्ति प्रक्रियामार्फत् स्थायित्व दिने भन्नेमा ठूलै बहस थियो । मैले अन्तिमपटक जनमुक्ति सेनालाई सुप्रिम कमाण्डरका हैसियतले यहीँ निर्देशित गरेको थिएँ । यहीँको बैठकले देशमा शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र र नयाँ संविधान भयो । त्यसैले कामिडाँडा नेपाली राजनीतिको असाध्यै स्मरणयोग्य ठाउँ हो ।’ माओवादी केन्द्रका नेताहरु अमिक शेरचन, कमानसिंह लामा, सूर्यमान दोङ लगायतका वक्ताहरुले माओवादी पार्टी र आन्दोलनले मात्रै देशको परिवर्तन र समृद्धिको नेतृत्व गर्नसक्ने बताए । कार्यक्रममा प्रधानमन्त्रीले काभ्रेका सहिद र बेपत्ताका परिवारहरुलाई सम्मान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: