Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

स्याङ्जामा माओवादी प्रवेश गर्नेहरुको लहर, एमालेको किल्ला वालिङ भत्कियो

\"\"स्याङ्जा, २२ फागुन । नेकपा माओवादी केन्द्र वालिङ कमिटि द्धारा आयोजित सहिद वेपत्ता सम्मान कार्यक्रम तथा कार्यकता प्रशिक्षण तथा पार्टि कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सहिद सप्ताहाको अवसर पारेर स्याङ्जाको वालिङ सिटिहलमा आयोजीत कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इनचार्ज रामराज रेग्मीले स्याङ्जामा विस्तारै माओवादी केन्द्रको गतिविधि वढ्दै गएकाले अवको स्थानीय चुनावमा चमत्कारीक जित माओवादीको हुने स्पष्ट पारे । उनले सम्पुर्ण उत्पीडित वर्ग, गरिव वर्ग र सर्वाहारा वर्गको मुक्ति माओवादीबाट मात्र सम्भव भएकाले माओवादीलाइ साथ दिन सवै संग अपिल गरे उनले स्थानीय चुनाव भनेकै मितिमा हुने भएकाले सवै नेता तथा कार्यकर्ताहरुलाइ चुनावी गतिविधिमा सरिक हुन आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य लोक वहादुर थापाले माओवादी पार्टि परिर्वतनका लागि जन्मीएको पार्टि भएको स्मरण गराउदै माओवादीका कारण देशमा प्रमुख परिर्वतन भएको विचार व्यक्त गरे । उनले जनजातीको माघ माओवादीले मात्र सम्वोधन गर्न सक्ने ठोकुवा गर्दै सम्पुर्ण जनतातीहरु मओवादीमा गोल्वन्द हुनुको विकल्प नभएको उल्लेख गरे । कार्यक्रममा अर्का पोलिट व्युरो सदस्य शैलेन्द्र घिमिरेले माओवादी मात्र जनता प्रति उत्तरदायी भएको पार्टि भएकाले माओवादी हुनुमा सवैले गर्व गर्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टि न्याय सत्य र समानताको पक्षमा रहेकाले सधै भरी माओवादी यी तिन चिज प्राप्तिका लागि लडिरहने विश्वास व्यक्त गरे । कार्यक्रममा पोलिट व्युरो सदस्य पारष सर्मा, अखिल नेकपा महिला संघ (क्रान्तिकारी) स्याङ्जाकी जिल्ला अध्यक्ष कल्पना अर्याल, सहिद परिवारका सदस्य डिल्लीराम रिजाल लगाएतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र अन्य दलबाट ४७ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन भने जनयुद्धको क्रममा सहिद तथा वेपत्ता भएका परिवारका सदस्यहरुलाइ सम्मान गरिएको छ । यस भन्दा अघि प्रमुख अतिथीबाट वालिङ नगरपालिका भकुण्डेमा रहेको नेकपा माओवादी केन्द्र वालिङ नगरपालीकाको पार्टि कार्यलय उद्घाटन गरीएको थियो । सोही अवसरमा नारायण अस्यालको अध्यक्षतामा ५१ सदस्यी वाइसिएल वालिङ नगर किमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा ओमराज गुरुङ, सचिवमा अनिता गहतराज, सह–सचिवमा रोशन श्रेष्ठ, कोषाध्यक्षमा दिपक गुरुङ र वाँकी सदस्यमा रहेका छन । त्यस्तै भगवती पराजुलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गठन गरिएको छ । जसको उपाध्यक्षमा जसमती गुरुङ, सचिवमा याम कला डुम्रे, सह–सचिवमा कल्पना पाराजुली, कोषाध्यक्षमा सुसिला डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी स्याम विश्वकर्माको अध्यक्षतामा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गव वहादुर विश्वकर्मा, सचिवमा थमन विश्वकर्मा, सह–सचिवमा गिर वहादुर नेपाली, कोषाध्यक्षमा राम वहादुर सार्की र वाँकी सदस्यहरु रहेका छन । त्यस्तै चित्र वहादुर रेग्मीको अध्यक्षतामा ३३ सदस्यी अखिल नेपाल किसान संघ (क्रान्तिकारी) वालिङ नगर किमिटी गठन गरिएको छ । जसको सचिवमा कमल न्यौपाने, कोषाध्यक्षमा कमलापति डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी खगिसा भुसाल संयोजक रहने गरी १२ सदस्यीय सहिद परिवार समाज र ख्याम प्रसाद तमु संयोजक रहने गरि अखिल नेपाल भुतपुर्व सैनिक संगठन वालिङ नगर किमिटी गठन गरिएको छ । त्यस्तै चेत वहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यी तमु राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर किमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चित्र वहादुर गुरुङ, सचिवमा हुम वहादुर गुरुङ, सह–सचिवमा वेल वहादुर गुरुङ, कोषाध्यक्षमा जुन प्रसाद गुरुङ र वाँकी सदस्यहरु रहेका छन । सोही अवसरमा मणी प्रसाद पाठक अध्यक्ष रहने गरी २१ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा लोकराज कोइराला, कोषाध्यक्षमा यज्ञ डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यस्तै लक्ष्मी रानाको अध्यक्षतामा २९ सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर किमिटी गठन गरिएको छ भने चिरञ्जीवी सुवेदी संयोजक रहने गरि घाइते अपाङग समाज वालिङ नगर कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटिका सह–संयोजक हुम वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वालिङ नगर कमिटीका सह–इनचार्ज निन्यानन्द तिवारीले गर्नुभएको थियो भने सञ्चालन नेकपा माओवादी केन्द्र वालिङका संयोजक प्रकास न्यौपाने (किरण) ले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: