Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सप्तरी घटनापछि मोर्चा र एमालेको छुट्टाछुट्टै आकस्मिक बैठक

\"\" काठमाडौं, २३ फागुन । सप्तरी घटनापछि मधेसी मोर्चा र एमालेले सोमबार बेलुका छुट्टाछुट्टै आकस्मिक बैठक बसेको छ । सप्तरीमा एमालेको सभा विथोल्ने क्रममा प्रहरीले गोली चलाउँदा सोमवार मोर्चाका एक कार्यकर्ता मारिएका थिए । उक्त घटनापछि मोर्चाको काठमाडौंस्थित संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आकस्मिक बैठक बसेको हो । बैठकले सप्तरी घटनापछि उत्पन्न परिस्थतिको समीक्षा गर्दै थप आन्दोलनको रणनीति तय गर्ने सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले जानकारी दिए । एमालेले सप्तरीमा गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै १५ जनाभन्दा बढी घाइते भएको मोर्चाका नेता सुमनले बताए । घटनाको जिम्मेवारी सरकार र नेकपा एमालेले लिनुपर्ने मोर्चाका नेताहरुले बताएका छन् । उता, सप्तरी घटनापछि एमालेले सप्तरीको रुपनगरमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा एमालेको आकस्मिक बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरुको टीम सहभागी छ । एमालेले फागुन २१ बाट झापादेखि सुरु गरेको मेची महाकाली अभियानको तेस्रो दिन सप्तरीमा मोर्चाको अवरोधका क्रममा प्रहरीले गोली चलाउँदा एमाले विरोधी प्रदर्शनकारी मारिएका थिए । घटनापछि सप्तरीको कञ्चनपुरको कार्यक्रम स्थगित गरिएको छ । मंगलबार सिरहा र जनकपुरमा कार्यक्रम गर्ने नगर्ने एमाले नेताहरु छलफलमै रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending