Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

राजविराजमा गोली चल्दै गर्दा ओलीले सुनाए रेलको कथा

\"\"राजबिराज, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्कामा अगाडि छन् । ओली प्रधानमन्त्री भएकाबेला खाना पकाउने ग्यास अभाव हुँदा घरघरमा पाइप जोडिनेदेखि लोडसेडिङको मार खेपिरहँदा हावाबाट विजुली ल्याएर लोडसेडिङमुक्त बनाउने हावादारी भाषणबाजी गर्दै हिडेका थिए । ओली सरकारको पालादेखि नै मधेसविरोधी भन्ने आरोप खेपिरहेको एमालेले शनिवारदेखि मधेसमा अभियान चलाएर आफूमाथि लगाइएको आरोप खण्डन गर्ने प्रयत्नमा छ । अभियानकै क्रममा सोमवार सप्तरी पुगेका ओलीको टोलीमाथि मधेसीमोर्चाले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलायो । प्रहरीले गोली चलाउँदै गर्दा गजेन्द्रनारायण औद्योगिक परिसरमा भाषण गरिरहेका ओलीले रेलको कथा सुनाए । उनले अब तराईमा विद्युतीय रेल गुड्ने योजना सुनाए । करिव ५ मिनेट सम्बोधन गरेका ओलीले आफ्नो कार्यकालमा मधेशमा २० हजार आवासको व्यवस्था गरेको भन्दै जस लिन खोजे । यस्तै, छ लेनको राजमार्ग बनाउने प्रयास भएको, हुलाकी सडक बनाउने, सिचाईको व्यवस्था गर्ने कार्यक्रम ल्याएको तर मधेशी मोर्चाका नेताहरु बाधक बनेको टिप्पणी गरे । उनले आफू नेतृत्वको सरकारले मधेसको विकाशमा ठूलो काम गरेको पनि सुनाउन भ्याए । ओलीले मधेशी मोर्चाका नेताहरुलाई बिचौलियाको संज्ञा दिए । ‘बिचौलियाको भरमा नपर्नुस्, एमालेले जनताको भ्रममुक्त गर्छ’, ओलीले भने, ‘बिचौलियाहरुले हाम्रो पार्टीलाई मधेस आउन अवरोध गरेका हुन् ।’ एमाले नेपालको रैथाने पार्टी भएको पनि ओलीले दाबी गरे । उनले आफ्नो कार्यक्रमको विरोधमा कालोझण्डा बोक्नेहरुलाई पनि सबक सिकाउन खोजे । उनले कालोझण्डा नभइ राष्ट्रविकासको झण्डा बोक्न मोर्चाका नेता कार्यकर्तालाई उपदेश दिए । उनले मधेसवादी दलहरु दुई तीन वटा जिल्लाको क्षेत्रीय पार्टी र ढुंगा हान्ने पार्टी भनेर आरोप लगाए । आफ्नो पार्टी मेलमिलाप सिकाउने पार्टी भन्दै आफ्नो पार्टीमा लाग्न पनि मोर्चाका कार्यकर्तालाई ओलीले अपिल गरे । कार्यक्रममा बरिष्ठ नेता माधव नेपालले एमाले मधेसविरोधी पार्टी नभएको उल्लेख गरे । उनले आफूहरुमाथि लगाईको भ्रम चिर्न पनि अभियान लिएर आएको बताए । नेता नेपालले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको समेत स्मरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending