Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मधेसका निजामति कर्मचारी पनि आन्दोलनमा, यस्तो आयो विज्ञप्ति

[caption id=\"attachment_121117\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, फागुन २५ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सप्तरी घटनाको बिरोध गर्दै मधेस बन्दमा ऐक्यबद्धता जनाएको छ । सप्तरी घटनाको बिरोधमा विज्ञप्ती सार्वजनिक गर्दै मञ्चले राज्यको आतंक विरुद्घ एक शान्तिपूर्ण आन्दोलनमा जुट्न अपील गरेको छ । मञ्चका अध्यक्ष विनोदकुमार सिंहले एक विज्ञप्ति जारी गरी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गरेका छन् । साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गरेका छन् । सरकार अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानवीय क्षति हुन पुगेको निष्कर्ष निकाल्दै यस्तो नरसंहारका लागी सरकारले जिम्मेवारी लिनुपर्ने धारणा मञ्चको छ ।  विज्ञप्ती शान्ति सुरक्षाको कारण देखाउदै कुनै दलको भ्रामक र उत्तेजित राजनैतिक यात्रालाई सरकारी अभियानको रुपमा परिभाषित गर्न आफ्नो हक, अधिकार र पहिचानका खातिर शान्तिपुर्ण तरिकाले आन्दोलनरत रहेका मधेशी समुदायको अधिकारमुखी लोकतान्त्रिक आन्दोलनलाई सुनियोजित रुपमै दवाउन सरकारद्वारा मिति २०७३ फाल्गुन २३ गते सप्तरीमा गराईएको ७ जनाको हत्या उपर यस मञ्चको गहिरो ध्यानाकर्षण भएको छ । यस मानेमा राष्ट्रिय खोप अभियानका लागी आफ्नो कर्तव्यपालनाको शिलशिलामा मघेशी भएकै कारण सप्तरी मै कार्यरत सि।अ।हे।व। आन्नद साह लगायतको हत्या र करिब २५ जना भन्दा बढी मधेशीहरुलाई घर घरवाट समातेर गहु वारीमा घिसार्दै लगी ताकी ताकी टाउको, छाती र पेटमा सुरक्षाका ठेकेदारहरुको गोलीवाट भए गराइएको निहत्ता र सोझासाझा मधेशीहरुको पाश्विक हत्या र हत्या प्रयास मध्ययुगिन क्रुर र वर्वर भएको मञ्चको ठहर छ । मञ्च उपरोक्त योजनागत हत्या र नश्लिय चिन्तन को घोर भत्र्सना गर्दै घटनामा शहादत प्राप्त गर्ने मधेशी शहिदहरु प्रति हार्दिक श्रद्घाञ्जली सहित मृतकका परिवार प्रति समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै घटनाको उच्चस्तरीय न्यायिक छानविन गरी दोषीहरु उपर कडा कारवाहीको माँग गर्दछौ । साथै मधेशी मोर्चाको आन्दोलन उपर एक्यवद्घता समेत जाहेर गर्दछौ । आदरणिय जनसमुदाय, देशभक्ति सहितको राष्ट्रिय एकताका लागी राजनैतिक सहमति, राजनैतिक विश्वास र सहकार्य मार्फत मात्र समावेशी विकास र समृद्घ नेपालको परिकल्पना गर्न सकिन्छ । आपसी असमझदारी, टकराव र विभाजनले भावनात्मक ध्रुविकरणलाई मात्र पृष्ठपोषण गर्दछ । दिगो शान्ति, एकता र समृद्घीको लागी शान्तिपुर्ण, निष्पक्ष र प्रभावकारी निर्वाचन नै एक विकल्प हो, यसलाई नकार्न सकिन्न । तर सर्व स्वीकार्य निर्वाचनको लागी वर्तमान संविधानको संसोधन एक मात्र पुर्वाधार हुन सक्ने यर्थात सवैले वुझेका नै छौ । संविधान संसोधनले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई मजवुति प्रदान गर्ने वैज्ञानिक तर्कलाई आत्मसात गरि सकेका नै छौ । तर पनि गणितिय अहन्कार र हठवादिताको उन्माद चढेको गैर मधेशवादी सरकारी दलहरुको उत्तेजक अभिव्यक्ति र व्यवहारले मधेशलाई उत्तेजित र अपमानित गरि रहेको छ । त्यही दलीय उत्तेजना, अहन्कार र सरकारी लाचारीपनको परिणाम सप्तरी घटना भएको हाम्रो ठहर हो । यस्तो वेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण वनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानविय क्षति हुन पुगेको हो । यसतो नरसंभारको लागी सरकारले जिम्मेवारी लिनै पर्दछ । आदरणिय आन्दोलनकर्मी मधेशी जनसमुदाय, इतिहास साक्षी छ, शान्तिपुर्ण आन्दोलन सफल भएकै छ । राज्यको आतँक विरुद्घ एक ढिक्का भई शान्तिपुर्ण आन्दोलन मार्फत राज्य विरुद्घ ज्वारभाटा सिर्जना गर्दै धैर्यता र साहसका साथ अहिँसाको पथमा किमार्थ विचलित नहुन तमाम आन्दोलनरत मधेशी जनसमुदाय सँग मञ्च हार्दिक अपिल गर्दछ । अनत्यमा, एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गर्दछौ । साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गर्दछौ । जय मधेश । विनोद कुमार सिंह अध्यक्ष
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: