Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रमुख तीन दलको बैठकमा कसले के भने ?

\"\"काठमाडौं, २५ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठक सकिएको छ । सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर जानुपर्ने आवश्यकतामा जोड दिए । प्रधानमन्त्रीले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरे । बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । एमालेले आफ्नो पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । एमाले अध्यक्ष ओलीले ‘एउटै देशभित्र स्वतन्त्र रुपमा कार्यक्रम पनि गर्न नपाउने कस्तो लोकतन्त्र हो’ भन्दै आक्रोश व्यक्त गरेका थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई सप्तरी घटना दुःखद भएको भन्दै अब यस्ता खाले घटना दोहोरिन नदिन गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बिमलेन्द्र निधि, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु सहभागी थिए । बुधबार (आज) विहान मधेसी मोर्चासँग पनि प्रधानमन्त्री छलफल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: