Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पुनःनिर्माणमा रमाउँदै महिला

\"\"गोरखा, २५ फागुन । पुरुष कामदार सरह घरको गारो लगाउन पोख्त गोरखाको खोप्लाङ ४ की मनु तामाङलाई आजभोलि फुर्सद छैन । निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम लिएका गाउँलेहरुले तामाङलाई भेटेर घर निर्माण गरिदिन आग्रह गर्छन् । तामाङले ठेक्का लिएरै चार वटा घर निर्माणको काम गरिरहनुभएको छ । उहाँलाई श्रीमान् वीरमानले पनि साथ दिएपछि घर पुनःनिर्माणको चाप बढेको हो । वीरमान पनि डकर्मी हुनुहुन्छ । विगतदेखि नै मजदुरी गर्दै आउनुभएका तामाङले घरको गारो लगाउने सीप भूकम्पपछि प्राप्त गर्नुभएको हो । मजदुरीमा सक्रिय तामाङलाई गाउँलेले नै भूकम्प प्रतिरोधी घरहरु बनाउने तालिम लिने जोहो मिलाइदिएका हुन् । केयर नेपालले दिएको सात दिने तालिम लिएपछि ठेक्का लिएरै घर बनाउने आँट तामाङमा आयो भने गाउँलेले पनि ढुक्क भएर घर बनाउन दिएपछि तामाङ परिवारमा आम्दानी पनि बढेको छ । ‘निर्माण सामग्री ढुङ्गा, गिटी, ालुवा, छड, सिमेन्ट, काठ घरबेटीले जुटाउँछन्, जग खन्ने, गारो लगाउने, प्लास्टर गर्नेदेखि धुरी मार्नेसम्मको काम मेरो नेतृत्वमा गर्छु,’ घर पुनःनिर्माणमा सक्रिय तामाङले भने– ‘पुरुष कामदारले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् । समान ज्याला दिनुपर्छ भन्ने दबाब गाउँलेमा परेको छ ।’ तालिम लिनु पूर्व दिनको ५ सय रुपैयाँ पारिश्रमिक पाउने तामाङले अहिले दैनिक एक हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । महिनामा कम्तीमा २५ दिन काममा निस्केको बताउँदै तामाङले घर, गृहस्थीको काम थाँती नराखेको बताए । बिहान, बेलुकी घरको काम गर्दै आएको भन्दै उहाँले तालिम लिएपछि आफू सक्षम कामदार भएको बताउनुभयो । उहाँले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म लिएर घर निर्माण गर्दै आएका छन् । तामाङले ठेक्का लिएको घर निर्माणमा पाँच÷सात जना पुरुष कामदार पनि पुनःनिर्माणमा सक्रिय छन् तर उनीहरुले तालिम लिएका छैनन् । टोलमै तामाङले मात्रै तालिम लिएको हो भन्दै खोप्लाङस्थित बेलवासका बिजबहादुर कुँवरले तालिम प्राप्त कामदारलाई घर बनाउने ठेक्का सुम्पन पाउँदा ढुक्क भएको बताए । उनले भने – ‘तालिम नलिएका कामदारले पनि घर बनाउन जानेका छन् । तर मापदण्ड अनुसार बनाउँदैनन् । मापदण्ड अनुसार नबनेपछि इञ्जिनियरले घर पास गर्दैनन्, अनुदान पाइँदैन ।’ तामाङले कोलकाटेका इन्द्र भुजेलको घर निर्माण गरिसक्नुभएको छ । एकपछि अर्को घर निर्माण गरेपछि तामाङलाई काम दिनेहरु बढेका छन् । काम सानो, ठूलो नहुने भन्दै तामाङले ‘मजदुरी पेसा गरेको भन्दा खुसी लाग्ने तर गाउँलेहरु केहीले कुल्ली पेसा गरेको भनेको सुन्दा मन दुखेर आउने’ बताउनुभयो । काम गरेर गाउँमा राम्रो कामदार बन्ने उहाँको इच्छा छ । ठेक्का लिएर घर बनाउन सक्ने भएकामा उहाँका श्रीमान् वीरबहादुर पनि खुसी छन् । ‘मैले घर बनाउने काम गर्दै आएको १५ वर्ष भइसकेको छ,’ उनले भने – ‘श्रीमतीले पनि ठेक्कै लिएर घर बनाउन सुरु गरिन् । म खुसी छु ।’ तामाङले ईंटा, ढुङ्गा, ब्लकको गारो सुर मिलाएर लगाउन सक्नुहुन्छ । उहाँले भन्नुभयो, ‘काम समान भएपछि ज्याला पनि समान हुनुपर्छ । महिलालाई पुरुष सरह काम लगाउने, ज्याला आधा दिने गर्न पाइँदैन ।’ यस्तै गाँखु गाविस ७ महटारकी सङ्गीता मग्राती र कोपिला नेपाली पनि तालिम लिएपछि पुनःनिर्माणको काममा घर बनाउन सक्रिय भएर जुटिरहनु भएको छ । दैनिक एक हजारका दरले पारिश्रमिक लिँदै आउनुभएका सङ्गीताले भने – ‘घरको काम सकेपछि दिनभर गफगाफमै रमाइन्थ्यो । तालिम लिएपछि घर बनाउने काम गर्न भ्याइनभ्याइ छ ।’ रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: