Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

हिमाली महिलाले बनाए हेलिप्याड र भ्यू प्वाइन्ट

\"\"सोलुखुम्बु, २७ फागुन । खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए पनि १५ मिनेटको फरकमा रहेको खुन्दे गाउँमा पर्यटकको प्रवेश ज्यादै न्यून भएपछि त्यहाँका महिला समूहले पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड बनाएका हुन् । “खुम्बुमा थुप्रै पर्यटक आउँछन् तर हाम्रो गाउँमा कुनै कुनै बेला मात्र पर्यटक आउने भएकाले पर्यटक भित्र्याउन हामी महिलाले हेलिप्याड बनाएका हौँ” – समूहका अध्यक्ष याङ्जी शेर्पाले भने । उनीहरुको समूहलाई सरकारी वा विदेशी निकाय कसैले पनि आजसम्म सहयोग गरेको छैन । महिलाले नै ल्होसारका बेलामा सहयोग र श्रमदानबाट सङ्कलन गरिएको रकमबाट हेलिप्याड तथा भ्यू प्वाइन्ट बनाएको अध्यक्ष शेर्पाले बताए। आलु र फापर मात्र उत्पादन हुने खुन्दे गाउँमा केही होटल सञ्चालन गरिएको भए पनि त्यसबाट कमै आम्दानी हुने भएकाले आफूहरु कृषि र पशुपालनमा बढी लाग्ने गरेको त्यहाँका महिला बताउँछन् । पुरुषले भने ट्रेकिङ गएर आम्दानी गर्ने गरेका छन् । गाउँमा धेरै समय महिला नै बस्ने भएकाले गाउँका समस्या महिलाले नै समाधान गर्ने गरेको समूहका सदस्य दा–डोमा शेर्पाले बताए । उहाँका अनुसार गाउँमा समस्या आएमा महिला समूहमा छलफल गरिन्छ । उनीहरुले निर्माण गरेको हेलिप्याड त्यही गाउँमा रहेको खुन्दे अस्पतालमा अशक्त बिरामीलाई हेलिकप्टरबाट ल्याउन निकै उपयोगी बनेको छ । हिमाल आरोहण तथा उच्च क्षेत्रमा भ्रमणका बेला लेक लागेर वा दुर्घटनाबाट सिकिस्त भएका बिरामीलाई तत्काल उपचारका लागि सो अस्पतालमा ल्याउने गरिन्छ । बाहिरबाट हेर्दा खुम्बु क्षेत्रमा विदेशीले पैसा दिएर काम गर्ने गरेको बुझिए पनि खुम्जुङको खुन्दे गाउँका महिलाले एकजुट भएर रकम सङ्कलन र श्रमदानसमेत गर्ने गरेको समूहका अध्यक्ष याङ्जी शेर्पाले बताउए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending