Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

भारतीय अधिकारीको एउटै श्वर– एसएसबीले गोली चलाएको होइन

\"\"कञ्चनपुर, २७ फागुन । कञ्चनपुर घटनाको विषयलाई लिएर वार्तामा बसेका नेपाल र भारतका अधिकारीहरुबीच घटनाको छानबिन गर्ने सहमति भएको छ । बिहीबार कञ्चनपुरको पुनर्बासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोबिन्द गौतमको मृत्यु भएको थियो । बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिका आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । कलभर्ट निर्माण गर्ने विषयमा भएको विवादले सीमा क्षेत्रमा तनाव भएपछि शुक्रबार नेपाल र भारतका अधिकारीहरुको संयुक्त बैठक कैलालीको गौरीफन्टा नाकामा बसेको थियो । दुई देशका अधिकारीहरुको वार्तामा भारतीय पक्षले आफूहरुले गोली नचलाएको दाबी दोहोर्‍याएको छ । विहीबार एसएसबीले गोली हानेर गौतमको हत्या गरेको भए पनि भारतीय अधिकारीहरुले गोली नचलाएको दाबी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि छानबिन गरेपछि मात्रै गोली कसले चलाएका प्रष्ट हुने उनीहरुको भनाइ छ । कैलाली प्रजिअ रिजालले विहीबार भएको घटनालाई केन्द्रीय स्तरबाट विवाद मिलाउन पहल गरिने बताए । यसैगरी भारतीय डिएम आकाश दीपले दुबै देशमा शान्ति व्यवस्था कायम गर्न जोड दिइने बताए । उनले पनि विहीबारको घटनामा भारतीय पक्षबाट कसैले पनि गोली नचलाएको दाबी गरे । वार्तामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान बिभागका एसपीहरु क्रमशः अर्जुन चन्द, गणेश संग्रौला र योगेन्द्र केसी सहभागी थिए । त्यस्तै भारतीय तर्फबाट लखिमपुर खिरी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाश दीप, भारतीय एसएसबीका कमाण्डेट बीरेन्द्र सिंह सिन्धु र पलियाका भारतीय प्रहरी एसपी मनोजकुमार झा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: