Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अाठ तस्वीरमा रवीन्द्र श्रेष्ठको कला प्रदर्शनी

\"\"काठमाडौं, २८ फागुन । हार्भड विश्वविद्यालयको छनौटमा परी यसै साता अमेरिका जान लागेका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्यूजियममा शुक्रबारदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने सो प्रदर्शनीमा श्रेष्ठले भूकम्प पछिको नेपालको अवस्था र मानवीय संवेदनामा आधारित कलाकृति राखेका छन् । \"\" २०७२ बैशाखको भूकम्प लगत्तै उनले सम्पदास्थलमा पुगेर त्यसको भावमा केन्द्रीत रही चित्र बनाए । मठ–मन्दिर, पुरातात्विक सम्पदालाई कलात्मक रुपमा चित्रमा उतारेर श्रेष्ठले त्यत्तिबेलाको सामाजिक अवस्थालाई उतारे । \"\" भूकम्पपछिको सम्पदाको अवस्थालाई कलात्मक रुपमा चित्रण गरेका रेखाचित्रले प्रदर्शनीको रौनकता बढाएको छ । त्यस्तै अर्कातिर विश्वमा आक्रान्त बन्दै गइरहेको युद्ध र त्यसले समाजमा पारेको मनोदशालाई ‘फिंगरप्रिन्ट’ मार्फत उनले कलात्मक रुपमा चित्रण गरेका छन् । \"\" ‘प्रदर्शनीमा मानवीय संवेदनासँग जोडिएका विषयलाई उतारेको छु । विश्वमा युद्ध र अशान्तिले समाज आक्रान्त बनेको छ । त्यसले मानव जातिमा देखापरेको दुखान्त मनोदशालाई सिर्जनात्मक रुपमा ढाल्ने कोसिस मैले गरेको छु,’ श्रेष्ठले आफ्ना कलाकृतिका बारेमा बताए । सम्पदा र मानवीय दुखान्तका क्षणलाई रविन्द्रले कलात्मक रुपमा चित्रमा व्यक्त गरेको तारागाउँ म्यूजियमका निर्देशक रोशन मिश्रले बताए । मिश्रले भने, ‘नेपाली कलामा थिमेटिक रुपमा काम गर्न रुचाउने श्रेष्ठका कलामा समसामयिक विश्वको सन्दर्भलाई कलात्मक सौन्दर्यमा ढालेको पाइन्छ ।’ \"\" त्यस्तै हार्भड विश्वविद्यालयको छनौटमा परी अमेरिका जान लागेका श्रेष्ठले त्यसको पूर्व सन्ध्यामा काठमाडौंमा एकल प्रदर्शनी गरेका हुन् । अमेरिकाको वोस्टन सिटीमा रहेको हार्भड विश्वविद्यालयको आयोजनामा हुन लागेको ‘हार्भड साउथ एसिया इन्स्च्यिूट भिजिटिङ आर्टिस्ट प्रोग्राम’ मा दक्षिण एसियाबाट छनौटमा परी सहभागी हुन् लागेका छन् । दक्षिण एसियाली मुलुकबाट सो कार्यक्रममा श्रेष्ठसहित ४ जना कलाकार छनौटमा परेका छन् । मार्च १८ देखि मे १ सम्म हुने सो कार्यक्रममा नेपाली कलाकारको छनौट पहिलोपटक भएको हो । \"\" सो कार्यक्रममा सहभागी हुने बारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘विश्वको प्रसिद्ध विश्वविद्यालयले मेरो कलाकृति छानेर सहभागिताका लागि त्यहाँ जान पाउनु देशकै लागि गौरवको कुरा हो । विश्वको कलाको केन्द्रमा नेपाली समसामयिक कलाको उपस्थिति गराउन पाउनु हाम्रा लागि अर्थपूर्ण छ । \"\" यस्तो मौका कमै राष्ट्रका कलाकारले पाएका छन् । यो मौका दिएकोमा हार्भडप्रति कृतज्ञता दिँदै आफुमा निकै ठूलो जिम्मेदारी आएको महशुश गरेको छु ।’ \"\" सो कार्यक्रममा अन्तरक्र्रिया, कलासम्बन्धी क्लास, संग्रहालय तथा पुस्तकालय भ्रमण आदि राखिएको कलाकार श्रेष्ठले बताए । सो कार्यक्रममा श्रेष्ठले मानवीय संवेदनाका विषयमा तयार पारिएका कलाकृति राख्ने जनाएका छन् । उनले ‘वी आर अल कनेक्टेड’ शीर्षकमा फिंगरप्रिन्ट राख्न लागेको बताए । तस्वीर सौजन्यः गोरख रेग्मी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: