Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

वैशाख ३१ को निर्वाचनमा भाग नलिने वैद्य माओवादीको निर्णय

\"\"काठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । क्रान्तिकारी माओवादी केन्द्रीय सचिवालय समितिको बैठकले निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । वैठकले बैशाख ३१ मा स्थानीय निर्वाचन हुनै नसक्ने पनि निश्कर्ष निकालेको छ । अहिलेको विषम परिस्थितिकाबीच गरिने निर्वाचन औचित्यहिन रहेका वैद्य माओवादीको ठहर छ । सत्ता पक्ष र वर्तमान ब्यवस्था पक्षधर दलहरुबीच नै अन्तरविरोध चर्किदै गएको, आफैले बनाएको संविधानअनुसार पहिले प्रदेशको निर्वाचन गरी त्यसपश्चात स्थानीय निर्वाचन हुनुपर्नेमा सो नभएका, विशेष संरक्षित तथा स्थानीय स्वायत्त क्षेत्रका सबै पहिचानसहितको संघीयताको मान्यतालार्य उलंघन गरिएको, सप्तरी घटनामा निर्दोष ब्यक्तिहरुको हत्या गरिएको घटनाले द्वन्द्व बढाउँदै लगेको, कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल नेपालभित्र घुसपैठ गरी देशभक्त युवाको हत्या गरिएको तथा देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा उत्पन्न भएको स्थितिमा गरिने निर्वाचन औचित्यहिन रहेको वैद्य माओवादी ठहर गरेको छ । क्रान्तिकारी माओवादीले भारतीय हस्तक्षेपका विरुद्धमा देशब्यापी विरोध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । आगामी चैत्र ५ गते प्रतिरोध दिवसका अवसर पारेर भारतविरुद्ध देशब्यापी प्रदर्शन गर्ने निर्णय गरिएको बैठकपछि अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका, प्रदेशको निर्वाचन गरी स्थानीय निर्वाचन गरिनुपर्ने र पहिचानसहितको संघीयता लगायतको विषयलाई लिएर सञ्चालित संघर्षहरुको समर्थन गर्ने बैठकले निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: