Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पत्रकार महासंघ काठमाडौंमा अध्यक्ष र सचिवको जुहारी

\"\" काठमाडौं, ३० फागुन । नेपाल पत्रकार महासंघकै सबै भन्दा ठूलो शाखा काठमाडौंमा अध्यक्ष र सचिवको जुहारी चलेको छ । महासंघ शाखा अध्यक्ष गोविन्द चौलागाइँ र सचिव रामकृष्ण अधिकारीबीचको जुहारीले मंगलबार (चैत १) का लागि तय गरिएको अधिवेशन पनि स्थगित भएको छ । महासंघ काठमाडौंका अध्यक्ष चौलागाईँले सोमवार आफ्नै पदाधिकारी र सदस्यहरुविरुद्धको लामो विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका हुन् । काठमाडौं शाखा दशौं अधिवेशनको तयारीमा जुटिरहेकाबेला आफ्नै पदाधिकारी तथा सदस्यहरुबाट अवाञ्छित र अमर्यादित गतिविधि भएको चौलागाईँले आरोप लगाएका छन् । अधिवेशनको तयारीमा लाग्नुपर्नेबेला सिंगो महासंघको साझा पहिचानलाई निस्तेज पार्ने ढंगले सचिव रामकृष्ण अधिकारी र कार्यसमितिकै केही सदस्यले आफूमाथि लगाएको लाञ्छना गलत भएको अध्यक्ष चौलागाईँले विज्ञप्ति जारी गरी जनाएका छन् । दुई दिनअघि शाखा सचिव अधिकारीसहित उपाध्यक्ष श्रीजन झा, सहसचिव ज्ञानप्रसाद वास्तोला र अन्य सात सदस्यले अध्यक्षविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेका थिए । उनीहरुले महासंघ सदस्यताको विवाद बल्झिनुमा अध्यक्ष नै दोषी रहेको भन्दै चार तथ्यसमेत सार्वजनिक गरेका थिए । आवेदन दर्ता नै नगरेका १२ जनालाई सदस्यता दिनुपर्ने, काउन्सिलमा सूचिकृत नै नभएका ११ ओटा अनलाइनवाट १८ जना लाई सदस्यता दिनु पर्ने एकोहोरो अडान, काठमाडौंमै नदेखिने पत्रिकाको रिपार्टरलाई सदस्यता दिने लगायतका विषयमा अध्यक्षको अडानले गर्दा विवाद कायमै रहेको उनीहरुको आरोप छ । यता चौलागाईले भने सचिव अधिकारीले केही क्रियाशिल पत्रकारको नाम हटाउन जिद्दी गरेपछि प्रक्रिया रोकिएको दाबी गरेका छन् । ४ सय ४० मध्ये उजुरी आएका गैरपेशाकर्मीहरु ३३ जना (इन्जिनियर, मेडिकल सञ्चालक, नातेदार, सिमेन्ट कारखानामा काम गर्ने, विशेष प्रहरीका कर्मचारी, शाखाबाट रसिद नै नकाटी सदस्यता फारम बुझाएका जस्ता) बाहेक जुनसुकै बेला पनि केन्द्रमा बुझाउन तयार रहेको चौलागाइँले बताएका छन् । सचिव अधिकारी सम्मिलित ७ सदस्यीय कार्यदल निर्माण गरेर नयाँ सदस्यहरुको सिफारिसका लागि अध्ययन गर्ने कार्यदल बनाइएको तर, सचिवले पदीय मर्यादा उल्लंघन गरेर आफुलाई मन नपरेका सञ्चार संस्थाबाट आएका डकुमेन्ट थुत्ने, च्यात्ने र गायव गर्ने काम गरिरहेका कारण आफूले चासो लिनु परेको समेत चौलागाईँले स्पष्ट पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: