Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सिरियाली विद्रोही नयाँ चरणको वार्तामा नबस्ने

\"\"लेबनान, ३० फागुन । सरकारद्वारा बाचा गरिएअनुसार रक्तपातपूर्ण युद्धको अन्त्यका लागि गरिएका केही प्रतिवद्धता पूरा नभएको जनाउदै सिरियाली विद्रोही समूहले आफू काजकिस्तानको राजधानीमा मङ्गलबार हुने भनिएको तेस्रो चरणको वार्तामा अनुपस्थित हुने जनाएको छ । सिरियाली प्रतिपक्षी (विद्रोही) को प्रतिनिधिमण्डलका प्रवक्ताले सोमबार एएफपीसँगको कुराकानीमा रसिया र टर्कीको पहलमा भएको सिरिया शान्ति वार्ता प्रक्रियामा पहलकर्ताले सिरियाली प्रशासनलाई जिम्मेवार भई आउन लगाउने गरी गरेको प्रतिबद्धता पूरा नभएको भन्दै वार्तामा आफ्नो समूह सहभागी नहुने बताए । सिरिया युद्धमा सरकार निकट रसिया र विद्रोही निकट टर्कीले गरेको पहलअनुसार पहिलो र दोस्रो चरणको वार्ता काजकिस्तानको राजधानी अस्तानामा भएका थिए । सन् २०१६ को डिसेम्बरमा भएको मस्को र इस्तानबुलको पहलअनुसार जनवरी र फेब्रुअरीमा दुई चरणका वार्ता भए पनि दुई समूहबीच धेरै मुद्दामा समझदारी बन्न बाँकी रहेको विद्रोहीको भनाई छ । युद्धबिरामको भावनाअनुरुप वार्ता प्रक्रिया अघि नबढेकाले हामीले अस्तानामा हुने नयाँ चरणको वार्तामा उपस्थित नहुने निर्णय लिएका छौँ, अङ्कारानिकट सुलतान मुरद विद्रोही समूहका अहमद ओथम्यानले बताए । सरकार र सरकार समर्थक मिलिसिया (लडाकू) ले युद्धबिरामपछि पनि विस्फोट गराउने, स्थानीयलाई विस्थापित गराउने विद्रोही समर्थकलाई घेराबन्दी गर्ने कार्यलाई जारी राखिरहेको ओथम्यानले बताए । हामी (विद्रोही) समूहले नयाँ वार्तामा सहभागी नहुने कुरा वार्ताका पहलकर्ता समक्ष जानकारी गराइसकेको उनको दाबी छ । सिरियाली अल वाटन दैनिकका अनुसार नयाँ चरणको वार्ताका लागि सरकारी टोली सोमबार अस्ताना गएको छ । सरकारी टोलीको नेतृत्व संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा जेनेभामा भएको वार्तामा नेतृत्व लिएका बसार अल जफारीले नै गर्नेछन् ।  _एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending