Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागेको छ –राई

\"\"भक्तपुर, ३ चैत । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा बिहीबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताए । नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए । वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले प्रष्ट पारे । मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै भने – मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भत्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ ।’ मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनले प्रष्ट पारे । निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने उनको तर्क थियो । सरकार स–साना कुरामा अल्झेर संविधान कार्यान्वयनमा ईमानदार नभएको उनले बताए ।वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता ससाना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य देख्द केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे । सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत बताए । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उनले भने । संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । उनलेउ वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोप समेत लगाए । काग्रेस र माआवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए । उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बतए । सप्तरी घटनामा एमाले दोषि नभएको बताउँदै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: