Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

आ–आफ्नै अडानमा सरकार–मोर्चा, सिंहदरबार वार्तामा कसले के भने ?

\"\"काठमाडाैं, ४ चैत । सत्तारुढ दल र मधेसी मोर्चा आ–आफ्नै अडानमा रहेपछि संविधान संशोधनको नयाँ प्रस्तावमा पनि सहमति जुट्न सकेन । सीमांकनबाहेक अन्य विषयमा संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– ‘प्रधानमन्त्रीले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गरेर जान नसक्ने बताउँदै अन्य विषयमा संशोधन गरेर जाने गरी सहमतिमा आउन आग्रह गर्नुभयो । हामीले सीमांकन छाडेर जान सकिन्न भन्यौँ,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग भने, ‘हामी दुवै पक्ष आ–आफ्नै पुरानै अडानमा रह्यौँ । वार्ता उपलब्धिमूलक हुन सकेन ।’ प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच बिहीबार सिंहदरबारमा वार्ता भएको थियो । वार्तामा मोर्चा नेताहरूले प्रधानमन्त्रीले राखेको प्रस्तावमा विश्वासिलो आधार नभेटिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबारको बैठकमा सीमांकन थाती राखेर अन्य विषयमा संविधान संशोधन गर्ने, तराईमा स्थानीय तह बढाउने, सीमांकन विवाद आयोगबाट टुंग्याउने, प्रदेश निर्वाचनअघि सीमांकन विवाद टुंग्याउने र स्थानीय तह प्रदेशमातहत राख्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले छलफल जारी रहेकाले मधेसी मोर्चा निर्वाचनमा आउने विश्वासमा सरकार रहेको बताए । खनालले भने, ‘मोर्चा नेताहरूसँग छलफल चलिरहेको छ, सरकारका तर्फवाट सहमतिका प्रस्तावहरू पनि राखिएकै छ, उहाँहरू कुनै न कुनै सहमतिमा आउनुहुन्छ ।’ सिंहदरबार वार्तामा कसले के भने ? प्रधानमन्त्री प्रचण्ड : हामी तीन पक्ष छलफलमा छौं । सीमांकन अहिले पारित हुन सक्ने अवस्था देखिएन । सीमांकनबाहेक अन्य तीनओटा विषयमा भने सहमति हुने र पारित हुने अवस्था छ । एमाले आए वा नआए पनि सीमांकनबाहेक अन्य विषय पारित हुन्छ । सीमांकनका लागि ३ देखि ६ महिनासम्म आयोग बनाएर जान सकिन्छ । प्रदेशको चुनाव अगाडि वातावरण बनाएर जाऔंला । स्थानीय तहको संख्या बढाउन अप्ठ्यारो छैन । पहिले आयोग थियो, गाह्रो साह्रो परेको थियो, तर अहिले त्यस्तो अवस्था छैन । राष्ट्रिय सभा निर्वाचक मण्डलबाट गाउँ र नगरका प्रमुख उपप्रमुखको मतदान अधिकार हटाउने गरी अहिले सँगै जाऔंला । संघीय समाजवादी फोरम सभापति उपेन्द्र यादव : हाम्रो बटमलाइन भनेको अहिले नै सबै विषयलाई संशोधन गर्नुपर्छ भन्ने हो । सीमांकन छाडेर अन्य विषयमा मात्र हामी जान सकिन्न । तपाईहरू सीमांकन छाडेर जाऔं भन्नुहुन्छ । हामी सीमांकन पनि सँगै हुनुपर्छ भन्ने बटमलाइनमा छौं । त्यसैले तपाई र हामीहरूको सन्दर्भमै कुरा मिलेन । प्रदेशमातहत स्थानीय तहलाई राख्नुपर्नेमा सत्तारुढ दलभित्रै कुरा मिलेको देखिन्न । धारणा फरक फरक छ । त्यसकारण हामी आन्दोलनका कार्यक्रम घोषणा गरेर जाँदैछौं । राप्रपा अध्यक्ष कमल थापा : सीमांकन थाती राखेर भए पनि अन्य विषयमा संविधान संशोधन गरेर जाऔं भनेर म आफैंले प्रस्ताव राखेको हुँ। यो मेरो आफ्नै प्रस्ताव हो । सीमांकनलाई जसरी पनि पारित गरौंला, तर अहिले नै पारित गराएर जाने अवस्था छैन । त्यसका लागि के कसरी मिलाउने, पहिले वातावरण निर्माण गर्नुपर्छ । अहिले तत्कालै स्थानीय तहको संख्या बढाउने, राष्ट्रिय सभा निर्वाचक मण्डलबाट तपाईहरूले भनेअनुसार जान सकिन्छ । यसरी अहिले जाऔं । कांग्रेस सभापति शेरबहादुर देउवा : हामी मोर्चाका माग सम्बोधन गर्ने बिन्दुसम्म आइपुगेका छौं । सीमांकन पारित गराउने नै हाम्रो योजना हो । तर परिस्थितिले पारित गराउन सक्ने अवस्था अहिले देखिएन । त्यही कारण सरकारका तर्फबाट प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव राख्नुभएको हो । प्रदेश र केन्द्रको चुनाव अगाडि सीमांकन संशोधन गरौ । अहिले अवस्था बुझिदिनु होला । धेरै ढिपी नगर्नुहोला । महेन्द्र राय यादव : हामी सीमांकन छाडेर जान सक्दनौं । तपाईहरूले जेसुकै भन्नुहोस् । हाम्रो बटमलाइन सीमांकनसहित संविधान संशोधन हुनुपर्छ भन्ने हो । तपाईहरू क्लियर हुनुहोस् । प्रधानमन्त्री : ठिकै छ, अझै छलफल गर्दै गरौंला । चुनावमा जाने गरी तपाईहरूले सोच्नै पर्छ । सबै विषयलाई संशोधनमा लिएर जाँदा पारित गराउन नसकी असफल हुँदा पनि समस्या, पारित गराउन नसक्ने अवस्थाले पनि समस्या ल्याएको छ । धेरै टाढा तपाईहरू नजानुहोला । अझै छलफल गरेर एउटा साझा विन्दु पहिचान गरेर जानुपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy