Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नयाँ नगर र गाउँपालिका कार्यालयहरुमा मोर्चाको एकसाथ आक्रमण

\"\"लहान, ४ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन्। सिरहामा ११ गाउँपालिका र ६ नगरपालिकामध्ये अधिकांश कार्यालयमा मोर्चा कार्यकर्ताले तोडफोड गरी साइनबोर्ड हटाइदिएका छन् । जिल्ला विकाश समितिबाट रुपान्तरित जिल्ला समन्वय समिति सिरहाको कार्यालयमा पनि मोर्चा कार्यकर्ताले तालाबन्दी गरिदिएका छन् । यसैगरी लहान नगरपालिका र सिरहा नगरपालिका कार्यालय तथा सखुवाननकारकट्टी, लक्ष्मीपुरपतार, बलगावा, नवराजपुर गाउँपालिका तथा धनगडिमाई नगरपालिकामा मोर्चाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । सरकारले स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरी कार्यालय प्रमुखहरुलाई नियुक्त गरे पनि मोर्चा कार्यकर्ताले कामकाज ठप्प पारेका छन् । सरकारको समर्थन फिर्ता लिएको मोर्चाले स्थानीय तह कार्यान्वयनमा अवरोध पुर्याउने निर्णय गरेपछि प्रदेश २ का जिल्लाहरुमा अवरोध भएको छ । यता, सिरहाको सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा स्थानीयवासी झाडु बाकेर सडकमा उत्रिएका छन् । साविक सुखीपुर नगरपालिका बचाउ सघर्ष समितिले बिहीबार झाडु सहित प्रदर्शन गरेको छ । २०७२ असार १ गते मन्त्री परिषद्को निर्णय अनुरुप विभिन्न ७ वटा गाविसहरु समायोजन गरी नगरपालिका घोषणा गरेको थियो । हाल मन्त्री परिषद्को निर्णयअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाइएको छ । मोर्चाका कार्यकर्ताले विहीबार सप्तरीको जिल्ला समन्वय परिषद्मा तालाबन्दी गरिदिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: